Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भारतबाट सप्तरीमा नौ सय नेपाली भित्रिए

  • ६ वर्ष अगाडि

राजविराज । सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन् ।

भारतमा लकडाउन खुकुलो भएर रेल सञ्चालन भएयता ७२ महिला र ८२६ गरी ८९८ जना जिल्लाको सीमा नाकाहरु प्रयोग गरी नेपाल प्रवेश गरेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

भारतबाट सङ्क्रमितसहित नेपालीहरू ठूलो सङ्ख्यामा फर्किन थालेकाले उनीहरूलाई विभिन्न क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । उनीहरूलाई सीमा नाकामै रोकेर सम्बद्ध स्थानीय तहको क्वारेन्टाइनमा राखेको छ । जिल्लाका १८ स्थानीय तहहरूका ३७ वटा क्वारेन्टाइनमा एक हजार ९० बेड सञ्चालनमा रहेको छ ।

तर, लुकीछिपी आएर घरमा बसेका पनि केही मानिस हुन सक्ने अनुमान गर्दै उहाँले यस्ता मानिसले गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको बताउनुभयाे । लुकीछिपी आएर बसेकाहरूको स्थानीय तहहरूबाट सक्रियतासाथ निगरानी बढाइएको उहाँले बताउनुभयो ।

भारत सरकारले लकडाउनको तेस्रो चरणमा रेलमार्ग सञ्चालनमा ल्याएपछि भारतको सङ्क्रमित मुम्बइ, उत्तर प्रदेश, दिल्ली, बैंगलुरुलगायतका स्थानहरूबाट नेपाली विद्यार्थी, मजदुर, पेसा व्यवसायीलगायत मानिसहरू प्रवेश गरेको बताइएको छ ।

जिल्लाको कोसी ब्यारेज, गोबरगाढा, हनुमाननगर, रम्पुरामल्हनिया, कुनौली, तिलाठी, लालापट्टि, गोबिन्दपुर, सखडा, बनैनिया, औरही, पातो, तरही, देउरी सिम्रहा, बोदेबर्साइन, रामनगर कोदरकट्टी, बेल्हीलगायत सीमानाकाबाट नेपाली भित्रिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com