Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने

  • ६ वर्ष अगाडि

काठमाडौँ । नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई निस्शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । ‘बिहीबार प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका छौं,’ उनले भने ।

सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि विभागले चितवनमा रहेका कर्मचारीलाई नक्सा छाप्न राजधानी बोलाएको थियो । ढकालका अनुसार शनिबारसम्म ३ हजार प्रति नक्सा छाप्ने तयारी छ । त्यसपछि साधनस्रोत र जनशक्ति जुटाएर ५० हजार प्रति छापिने उनले बताए । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, अन्य कार्यालय, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका तथा वडा कार्यालयसम्म नक्सा निस्शुल्क उपलव्ध गराइने उनले बताए । ‘तत्काल स्थानीय पालिका कार्यालयसम्म नक्सा प्रयोगमा ल्याउने गरी उपलव्ध गराइने छ, लकडाउन खुलेपछि भने देशभरका स्थानीय तहअन्तर्गतका वडा कार्यालयसम्म नै निशुल्क उपलव्ध गराउने गरी काम थालेका छौं,’ ढकालले कान्तिपुरसँग भने, ‘आमनागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताअनुसार विभागले नै छापेर बजारमा पठाउने छ, लागेको न्युनतम मूल्य कायम हुने छ ।’

विभागले पछिल्लो पटक सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा गैरकानुनी रुपमा छापिए त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्न प्रहरीमा पत्राचार गरिने ढकालले बताए । विगतमा पनि यस्तै अनधिकृत रुपमा नक्सा छापिएका कारण सरकारी र त्यस्ता नक्सामा फेरवदल हुने गरेको उनले बताए । अन्यत्रबाट नक्सा अनधिकृत रुपमा छापिनसक्ने जोखिम भएरै वेबसाइटमा नक्साको इपेपर नराखिएको विभागले जनाएको छ । कान्तीपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com