Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

७० जना संक्रमित तीन दिनमै कोरोना जितेर घर फर्किए

  • ६ वर्ष अगाडि

वीरगन्ज । वीरगन्जमा तीन दिनमै ७० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।यो खबर आजको अन्नापूर्ण दैनिकमा खबर छ ।

सोमबार मात्रै वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत ४३ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किए । यसअघि आइतबार राति वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शीशु र १० बालबालिका सहित १८ जनालाई डिस्चार्ज गरिएको थियो ।

गत शनिबार पनि ९ जना संक्रमितलाई डिस्चार्ज गरी घर पठाइएको थियो । त्यसअघि पहिलो पटक बैशाख १४ गते २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए । सोमबार साँझ निको भइ अस्पतालबाट डिस्चार्ज गरिएका ४३ मध्ये २४ पुरुष र १ महिला हुन् । तीमध्ये वीरगन्जका २ पत्रकार पनि छन् ।

सोमबार डिस्चार्ज हुनेमा पर्साको वीरगन्ज महानगरपालिकामा घर भएका २८ जना, पर्साको छिपहरमाइ गाउँपालिकाका ७ जना, पर्साकै धोबीनी गाउँपालिकाका ६ जना, सर्लाहीका १ र भारतका १ जना नागरिक छन् ।

अस्पतालमा ल्याएर राखिएपछिको २ पटकको पिसिआर रिपोर्ट लगातार नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले ४३ जना सबैलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिए ।

आइसोलेसनमा रहेका सबै संक्रमित निको भइ घर फर्किएपछि सोमबारदेखि नारायणी अस्पताल कोरोना संक्रमितबाट मुक्त पनि भएको छ । सोमबार साँझ ४३ जनालाइँ डिस्चार्ज गरी घर पठाइएपछि नारायणी अस्पतालको आइसोलेसन खाली भएको मेसु उपाध्यायले बताए ।

‘कोरोनालाइ जितेर ३ दिनमै ७० जना निको भइ घर फर्किनु भएको छ । नारायणी अस्पतालको आइसोलेसन पनि अब कोरोना संक्रमित मुक्त भएको छ,’ मेसु उपाध्यायले भने । अब थपिने नयाँ संक्रमितलाई नारायणी अस्पतालकै मातहतमा रहेको गण्डक हस्पिटलमा सन्चालित विशेष कोरोना अस्थायी अस्पतालमा राखिने पनि उनले बताए । गण्डकको कोरोना अस्थायी अस्पतालमा हाल २८ जना संक्रमित उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी

बागलुङ -१को मतगणना सुरु

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

पर्वतमा ५३ प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com