Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठमाडौँमा नै छैन क्वारेन्टिन

  • ६ वर्ष अगाडि

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ ।

शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको प्रतिवेदनमा हाल सञ्चलनमा रहेको क्वारेन्टिनको सङ्ख्या धेरै अपुग र अव्यस्थित रहेकाले होटल, लज र रिसोर्टलाई क्वरेन्टिनका रूपमा विकास गर्न सरकारलाई सुझाव दिएको हो । प्रतिवेदनमा भनिएको छ हाल सञ्चालनमा रहेको धेरै क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मान्यताविपरीत रहेको र तीनको अवस्थामा सुधार गरी अब निर्माण गरिनेलाई मापदण्डअनुरुप बनाउनुपर्ने पनि बताइएको छ ।

स्थानीय तहहरुले कोरोना जोखिम हुन नदिन क्वान्टिन निर्माणमा लाग्नुपर्ने आज शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री रामवीर मानन्धरले सो जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणका लागि स्थानीय र प्रदेश सरकारले २५÷२५ प्रतिशत र केन्द्र सरकारले ५० प्रतिशत आर्थिक लगानी गर्नुपर्ने हुन्छ ।

छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाले व्यवस्थापनमा सङ्घीय सरकारको सहयोग अपरिहार्य रहेको, प्रारम्भिक स्वास्थ्य परीक्षण र पारवहनको जिम्मा प्रदेश सरकारले लिने पनि प्रतिवेदनमा भनिएको छ । लकडाउनपछि तेस्रो मुलुकबाट नेपाल आउन सक्ने व्यक्तिको सङ्ख्या यकिन गरी तीनको व्यवस्थापन पक्षमा पनि ध्यान दिइ उनीहरुको आर्थिक क्षमताका आधारमा वर्गीकरण गरी सोहीअनुरुपको स्वास्थ्य जाँच र पारवहन र क्वारेन्टिनकोे व्यवस्था मिलाउने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।

क्वारेन्टिनस्थलमा आधारभूत आवश्यकताको व्यवस्थापन अनिवार्य र मनोरञ्जनात्मक सामग्रीको अलवा इन्टरनेटको व्यवस्था गरिनुपर्ने विषय पनि उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को गत चैत १६ गते बसेको बैठकले शहरी विकास राज्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको जिम्मेवारीअनुरुप काठमाडौँ उपत्यका क्वारेन्टिन सञ्चालन गर्न सकिने स्थान र उपत्यका बाहिर हाल सञ्चालनमा रहेको क्वारेन्टिनको अनुगमन पनि यस किसिमको प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदन तयार पार्नका लागि स्वास्थ्यराज्यमन्त्री नमराज रावतले पश्चिम क्षेत्रको भ्रमण गर्नुभएको हो भने शहरी विकास राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाको सम्बन्धित स्थानको अनुगमन गर्नुभएको थियो । हालसम्म काठमाडौँ उपत्यकाका एक वटा पनि क्वारेन्टिन निर्माण भएको छैन । उक्त प्रतिवेदन जेठ १५ गते प्रधमनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि बुझाइएको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com