Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपालमा कोरोनाबाट ६ को मृत्यु, १२ सयभन्दा बढी संक्रमित

  • ६ वर्ष अगाडि

काठमाडौँ । देशभर कोरोना संक्रमितको संख्या एक हजार दुई सय १२ पुग्दा ६ जनाको मृत्यु भएको छ । भारतबाट नेपाल फर्किने क्रममा १० जेठमा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना भारइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतकको ११ जेठमा कोरोना जाँचका लागि नमुना लिइएको थियो । भैरहवास्थित प्रयोगशालाले बिहीबार नै उनको रिपोर्ट दिएको भए पनि स्वास्थ्य मन्त्रालयले शुक्रबार मात्रै औपचारिक जानकारी दिएको हो ।

शुक्रबार मात्रै देशभर एक सय ७० जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो एक सातायता परीक्षणको दायरा बढेसँगै संक्रमित पनि दैनिक सयभन्दा बढी फेला पर्न थालेका छन् । शुक्रबार साँझसम्म देशभर संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा संक्रमण भएर उपचार गराइरहेका १९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको भएर फर्किनेको संख्या दुई सय ६ पुगेको छ । अहिलेसम्म देशभर ६४ हजार एक सय ५४ नमुनाको पिसिआर विधिबाट परीक्षण भएको छ । त्यस्तै, आरडिटी विधिबाट एक लाख ५४ हजार ७८ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका क्वारेन्टाइनमा ९९ हजार तीन सय ३६ जना छन् ।

कुन प्रदेशमा कस्तो अवस्था ?
प्रदेश १
संक्रमित – १५७
मृत्यु – ०
आइसोलेसनमा – १२७
डिस्चार्ज – ३०
क्वारेन्टाइनमा – २,७४७

प्रदेश २
संक्रमित – ४९०
मृत्यु – १
आइसोलेसनमा – ३८७
डिस्चार्ज – १०२
क्वारेन्टाइनमा – १६,६७८

बागमती प्रदेश
संक्रमित – ४४
मृत्यु – २
आइसोलेसनमा – २२
डिस्चार्ज – २०
क्वारेन्टाइनमा – १,९५४

गण्डकी प्रदेश
संक्रमित – २०
मृत्यु – ०
आइसोलेसनमा – १८
डिस्चार्ज – २
क्वारेन्टाइनमा – २,८१४

प्रदेश ५
संक्रमित – ४३३
मृत्यु – ३
आइसोलेसनमा – ३८३
डिस्चार्ज – ४७
क्वारेन्टाइनमा – ३२,३७३

कर्णाली प्रदेश
संक्रमित – ४७
मृत्यु – ०
आइसोलेसनमा – ४७
डिस्चार्ज – ०
क्वारेन्टाइनमा – १७,००५

सुदूरपश्चिम प्रदेश
संक्रमित – २१
मृत्यु – ०
आइसोलेसनमा – १६
डिस्चार्ज – ५
क्वारेन्टाइनमा – २५,७६५

साभार : नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com