Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ नगरपालिकाको ‘नागरिकका गुनासा तत्काल रेस्पोन्स’

  • ६ वर्ष अगाडि

बागलुङ, जेठ २२ गते । बागलुङ नगरपालिकाले नगरभित्र भएका निर्माणका कामको गुणस्तर कायम गर्नका लागि नागरिक स्तरका गुनासालाई सम्बोधन गर्दै आइरहेको छ । नगरपालिकाभित्र निर्माण हुने हरेक विकास निर्माणका कामहरुमा जनस्तरबाट आउने सल्लाह सुझाव तथा गुनासाहरुलाई सम्बोधन गर्नकालागि नगरपालिका सक्रियतापूर्वक अगाडि बढीरहेको हो ।

राज्यका निकायका लगानीमा हुने हरेक विकास निर्माणका काममा जनताले गर्ने प्रतिक्रियालाई सम्बोधन गर्दै अगाडि बढीरहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । केही दिन अगाडि बागलुङ नगरपालिका वडा नं. ३ भलाकाकुरा धैरेनीमा बन्दै गरहेको सडकको नाली गुणस्तर ठिक नभएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेको थाहा पाएपछि नगरप्रमुख पौडेल वडा अध्यक्ष, प्राविधिक तथा निर्माणमा संलग्नहरुसँगै उक्त स्थानमा पुगेर कामको निरीक्षण गर्नुभएको थियो ।

नगरप्रमुख पौडेल, वडा अध्यक्ष लक्ष्मी बास्कोटा सहितको टोलीले अनुगमन गर्दा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो गुणस्तरहिन काम नभएृको पाइएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो । प्रदेश सरकारको सांसद विकास कोषको ६० लाख र बागलुङ नगरपालिकाको समपुरक कोषको ४० लाख रुपियाँ गरी एक करोड रुपियाँको लागत रहेको उक्त सडक निर्माणका लागि विएम निर्माण सेवाले ९२ लाख २० हजार ४३७ रुपियाँमा ठेक्का पाएको थियो ।

सडक कालोपत्रे गर्नका लागि निर्माण गरिएको नालीमा माटो बगेको फोटो सार्वजनिक भएपछि आफूले प्रत्यक्ष रुपमा गएर उक्त क्षेत्रको अनुगमन गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । उक्त स्थानमा ढलान गरेकै दिन पानी परेका कारण ढलान पानीले बगाएको पाइएको र सोही समयको फोटो सामाजिक सञ्जालमा प्रचार भएपनि पानीले असर गरेको ढलान पुनः गरेको पाइएको पौडेलले बताउनुभयो ।

निर्माण कम्पनीका ठेकेदार विमलेश आचार्यले ढलान गरेकै दिन मजदुरले नाली नढाकी छाडेको र सोही दिन पानी परेका बेलाको फोटो राखेर सामाजिक सञ्जालमा गुणस्तरहिन काम भएको प्रचार भएको बताउनुभयो । जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि एक महिना म्याद थप भएर काम भइरहेको आचार्यले बताउनुभयो । आफूले इस्टीमेट अनुसारनै निर्माणको काम गरेको भएपनि सामाजिक सञ्जालको प्रयोग गरेर निर्माण कम्पनीलाई बद्नाम गराउँने काम भएको आचार्यले आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com