Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुदूरपश्चिम प्रदेशः भारतबाट ५९ हजारभन्दा बढी नागरिक भित्रिए

  • —विमलबहादुर विष्ट
  • ६ वर्ष अगाडि

डोटी । सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिएका छन् ।

कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट विगत एक हप्ताको अवधिमा सो सङ्ख्यामा सुदूरपश्चिमेलीहरु भारतबाट नेपाल भित्रिएका हुन् । भारतबाट नेपाल भित्रिएकालाई यहाँका नौवटै जिल्लामा निर्माण गरिएका कूल एक हजार ६३९ क्वारेन्टिनमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिम भित्रिएकामध्ये ५० हजार ९१८ पुरुष र आठ हजार ५३६ महिला छन् । सबैभन्दा बढी कैलालीका १७ हजार ३२७, कञ्चनपुरका आठ हजार २०४ तथा डोटीका आठ हजार ७३५ जना रहेका छन् । यसैगरी अछामका ६ हजार १८६, बैतडीका पाँच हजार ६४५, डडेल्धुराका चार हजार ५०८, बझाङका दुई हजार ९१०, बाजुराका चार हजार ५३७ र दार्चुलाका एक हजार ४८२ जना नेपाल भित्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार तथा यहाँका स्थानीय तहको पहलमा उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल प्रवेश दिन थालिएपछि अहिले दैनिक सयौँको सङ्ख्यामा नागरिक घर आउन थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतमा रोजगार गर्ने नागरिक सीमा क्षेत्रमा आएर अलपत्र परेपछि प्रदेश सरकार र स्थानीय तहको पहलमा उनीहरुलाई घर आउन दिइएको छ, दैनिक सयौँ नागरिक भित्रिन थालेका छन् ।”

सीमा क्षेत्रमा कोरोनासम्बन्धी कुनै जाँच नहुने गरेका कारण भारतबाट आएका नागरिकबाट अब कोरोना फैलिन सक्ने आशङ्कामा सुदूरपश्चिमेली नागरिकमा भने त्रास फैलिन थालेको छ । पछिल्लो समय यहाँका नौवटै जिल्लामा कोरोना महामारीका सङ्क्रमित देखिएका छन् । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर ल्याई यहाँका क्वारेन्टिनमा राखिएका नागरिकलाई चाँडो कोरोना जाँच गर्नुपर्ने स्थानीयवासीको माग छ । भारतबाट आएका यहाँका नौवटै जिल्लाका ८६ जना व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिनुभयो ।

भारतबाट आएका डोटीका १० जनामा कोरोना भाइरसको सङ्क्रमण छ भने अन्य कतिजनामा सङ्क्रमण छ भनी जानकारी लिन सबैको चाँडोभन्दा चाँडो पिसिआर परीक्षण गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका बमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हुलका हुल मान्छेको उद्धार गरिएको छ, उनीहरुसँगै आएका कतिपय व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ, अन्यलाई पनि चाँडो जाँच गर्न आवश्यक छ ।” अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी सुदूरपश्चिम प्रदेशमा भित्र्याउने काम तीव्र गतिमा भइरहेको छ ।

भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि भएकाले सङ्क्रमण फैलिन नदिन यहाँका स्थानीय तहले ठोस सावधानी अपनाउनुपर्ने नेपाली काँग्रेस डोटीका क्षेत्रीय सभापति विजय खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्धारका नाममा हुलका हुल मान्छे भित्र्याएरमात्रै हुँदैन, गाउँका क्वारेन्टिनलाई व्यवस्थित बनाउनुका साथै, कोरोना जाँच गर्नु अनिवार्य छ ।”

त्यस्तै जिल्ला अस्पतालमा व्यवस्थित आइसोलेशन भएको र कोरोनाले भयाबहस्थिति हुनेछ भनेर अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणबाट जोगिन र फैलिन नदिन जिल्लामा सबै सुरक्षा उपाय अपनाउनाका साथै तयारी पनि गरिएको छ, आत्तिहाल्नु पर्ने अवस्था आएको छैन ।” अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टिनमा राख्नुपर्ने बताउँदै प्रजिअ पौडेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने जानकारी दिनुभयो ।

जिल्लामा रहेका नौवटै स्थानीय तहले गम्भीर भई सरकारले बनाएको मापदण्डलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने जिल्लामा कोरोना सङ्क्रमण फैलिनबाट रोक्न सकिने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी मापदण्डअनुसारका क्वारेन्टिन स्थापना गरी कोरोनाविरुद्ध सबै एकजुट भए जिल्लामा कोरोना नियन्त्रण गर्न कुनै गाह्रो छैन ।” यहाँका ग्रामीण क्षेत्रका क्वारेन्टिनमा राखिएका नागरिक आफूखुशी जाथाभावी हिँडडुल गरिरहेकाले समस्या हुन सक्ने स्थानीयवासी बताउँछन् ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com