Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा पहिलाे काेराेना सङ्क्रमितकाे मृत्यु

  • मृगाैला लगायतका राेगबाट सङ्क्रमित थिए मृतक
  • ६ वर्ष अगाडि

पोखरा, जेठ २६ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसुलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टी भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आउनुभएको थियो । मृगौला, सुगरलगायतका रोगका विरामी भएका कारण कोरोना संक्रमण हुनुपूर्व तत्कालै पोखरा पठाएर प्रिआइसुलेसनमा राखिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।

भारतबाट श्रीमती सहित आएका ति व्यक्तिको स्वास्थ्यमा अन्य समस्या समेत भएकाले पोखरा ल्याएर प्रिआइसुलेसनमा राखिएको र संक्रमण पुष्टी हुँदा साथ आइसुलेसनमा राखेर उपचार गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

बाहिरबाट आउनेलाई कही कतै सम्पर्कमा आउन नदिई स्थानीय तहहरुले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने गरिएपनि उहाँलाई वालिङबाट पोखरा ल्याइएकाले त्यो बीचमा सम्पर्कमा आएकाहरुको कन्ट्रयाक टे«सिङको काम सुरु गरिएको निर्देशक शर्माले बताउनुभयो । भारतको राजधानी दिल्लीमा बस्दै आएका ति व्यक्ति श्रीमती सहित विभिन्न सवारी साधनमार्फत नेपाल भारत सिमा सुनौलीसम्म आएको र त्यहाँबाट गाडी रिजर्भ गरेर वालिङ आएको नगरपालिकाले जनाएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले ति व्यक्तीका श्रीमती, सुनाैलीदेखि स्याङ्जासम्म ल्याउँने सवारी साधन, स्याङ्जाबाट पाेखरासम्म ल्याउने सवारी, याे बीचमा उनीसँग सम्पर्कमा रहेका व्यक्तीहरुकाे आइतबारबाटै खाेजपड्ताल सुरु गरेकाे जनाएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतक व्यक्तिमा Chronic Kindey Disease, Hypertension, Diabetes, Septicemia, Anaemia लगायत समस्याहरु रहेकै अवस्थामा जेठ २५ गते आइसुलेसन वार्डमा भर्ना गरि उपचार गरिएकोमा राती नै उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com