Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्वतमा पहिरोमा पुरिएर तीनको मृत्यु, छ वेपत्ता

  • ६ वर्ष अगाडि

पोखरा, जेठ ३२ गते । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । शनिबार भिषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।

कुश्मा नगरपालिका वडा नं. तीन का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार राती दुई बजेसम्म तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको जानकारी दिनुभयो । रातभर भिषण वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको शव भेटिएका र बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिनुभयो । स्थानीयका अनुसार दुई घरमा रहेका तुलबहादुरका छोरा, दुई नाति र कमला विकको घरका उनी सहित तीन जना वेपत्ता रहेकाले खोजी कार्य जारी राखिएको छ ।

स्थानीय सागर गिरीकाअनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको पहिरोले घर पुरिएको र घर कहाँनेर थियो भन्ने समेत थाहा नपाउँने अवस्था रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com