Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दुर्लुङ पहिरोमा पुरिएका पाँचको शव भेटियो, चार वेपत्ता

  • ६ वर्ष अगाडि

पोखरा, जेठ ३२ गते । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । शनिबार रातीको पहिरोमा पुरिएका नौं जना मध्य रातीनै तीन जनाको र आइतबार बिहान दुई जनाको शव भेटिएको थियो ।

स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पहिरोमा पुरिदा नौं जना वेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापा सहित नीलकुमारी थापा, दीपा थापा र विविशा थापा र कमला विकको शव भेटिएको प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिका वडा नं. तीन का वडा अध्यक्ष तेजप्रसाद पाध्याकाअनुसार बिहानसम्म पाँच जनाको शव भेटिएको र थापाको घरका दुई जना र बिकको घरका दुई जना अहिलेपनि वेपत्ता रहेका छन् । रातीपनि भिषण वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको र बिहान थप दुई जनाको शव भेटिएको र अन्यको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिनुभयो । स्थानीय सागर गिरीकाअनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठुला ठूला बारी तथा समथर खरवारी रहेपनि पाहिरोले सबै बगाएको छ । ‘पहिरो नै बगाउँने जस्तो भुगोल छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूला ठूला बारी छन्, तलपनि बारी तथा समथर खरवारी भएकाले सानोतिनो पहिरो रोकिने खालको जमिन भएपछि पहिरो गहिरो र ठूलो गएकाले ति सबै बगाएर लगेको छ ।’ गिरीले भन्नुभयो ।

फाेटाे:- सागर गिरी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com