Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

थप ४२५ जनामा कोरोना सङ्क्रमण

  • ६ वर्ष अगाडि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन् । योसँगै हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको छ । यीमध्ये पुरुष पाँच ३२४ र महिला ४३६ छन् । आज सङ्क्रमित भेटिएको जिल्लामा रुकुम पूर्व थप भई ७३ जिल्ला पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । आज मात्रै ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना कोभिडका सङ्क्रमित डिस्चार्ज भएका छन् । तीमध्ये छ महिला र ५५ पुरुष छन् । हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । त्यसमा ८७७ पुरुष र ९७ महिला रहेका छन् ।

थप एकको मुत्यु

कोभिड–१९ सङ्क्रमणले थप एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ १२ गते रुपन्देहीमा कोभिड पुष्टि भएको थियो । आइसोलेशनमा उपचाररत उनमा क्यान्सर रोगको समस्या थियो । उनी भारतबाट आएका थिए । हालसम्म कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६८९ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख ३३ हजार ३७७ पुगेको छ । आरडिटी परीक्षणको सङ्ख्या दुई लाख १० हजार ७२१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार १३९ जनाको आरडिटी परीक्षण गरिएको छ ।

त्यसैगरी आजसम्म मुलुकभर एक लाख ४३ हजार ६४१ छ । आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या चार हजार ७६७ रहेको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९८ पुगेको छ ।

मन्त्रालयको अपिल

अहिले बन्दाबन्दी खुल्ला भएसँगै मानिसको आवतजावत बढिरहेको र एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले कोभिडको परीक्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा, यात्रा गर्दा सङ्क्रमण जोखिम हुन्छ नै तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमका कोही कसैको परीक्षण नगर्न÷नगराउन सम्बन्धित स्वास्थ्यकर्मी स्वास्थ्य संस्था र प्रयोगशालामा अनुरोध छ’’, मन्त्रालयका प्रवक्ता डा गौतमले भन्नुभयो ।

मन्त्रालयले ‘सम्बन्धित स्थानीय निकाय, घरबेटीलाई कोभिडको परीक्षण गर्ने सरकारको मापदण्ड छ’ जसलाई जहिले पनि परीक्षण गर्दा स्रोतसाधनको दुरुपयोग हुने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नजान पनि अपिल गरेको छ । जानै परेमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । यस्तै बाहिरबाट आउने व्यक्तिले आफँै होम क्वारेन्टिनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएका पिसिआर परीक्षणका नमूना आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने व्यवस्था गरिएको जनाएको छ । यसका लागि लाग्ने शुल्क स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । विदेश जानुपर्ने प्रवेषाज्ञा वा निरोगिताका लागि सङ्कलन गर्नुपर्ने नमूना वीर अस्पताल र पाटन अस्पतालमा गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com