Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रिपोर्ट नेगेटिभ आएपछि दुई हजार जना घर पठाइयो

  • ६ वर्ष अगाडि

डोटी ।भारतबाट रोजगारी गरी जिल्ला फर्किएर यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका कम्तीमा पनि १० हजार ४०० जनामध्ये दुई हजार जनामा गरिएको पिसिआर परीक्षणको नतिजा  नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । आज आइतबारसम्म क्वारेन्टिनबाट घर पठाइएकामध्ये एक हजार ८०० पुरुष तथा २०० महिला रहेका छन् । उनीहरु सबैको आरडिटी तथा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाहरु भारतबाट रोजगारी गरी आएका जिल्लाका दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिका र केआई सिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी र आदर्श गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले क्वारेन्टिन बसेका मान्छे घर पठाउन थालेका छौँ, पहिलो चरणमा दुई हजारभन्दा बढी गएका छन्, बाँकी अन्यको रिपोर्ट आएपछि पठाइनेछ ।” कोरोना रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टिन बसेका नागरिकलाई घर पठाउन थालिएसँगै जिल्लामा निर्माण गरिएका क्वारेन्टिन खाली हुन थालेका छन् ।

भारतबाट जिल्लामा आएका १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एकजना कोरोना जितेर घर गएका छन् । जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका तर आरडिटी रिपोर्ट पोजेटिभ आएका २०५ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी कैलालीस्थित धनगढी प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आरडिटी परीक्षण गर्ने क्रममा पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि धनगढी ल्याबमा पठाएका छौँ, रिपोर्ट आउन बाँकी रहेको छ ।” जिल्लामा पिसिआर परीक्षणको रिपोर्टमा पोजेटिभभन्दा नेगेटिभ आउनेको सङ्ख्या बढी भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com