Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘कर्णालीमा नियन्त्रणमा आएन कोरोना सङ्क्रमण’

  • शुरबहादुर सिंह
  • ३ वर्ष अगाडि

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली ‘रेड जोन’मा परिणत भएको छ । यसमा दैलेख नै कोरोना सङ्क्रमणको ‘इपिसेन्टर’ बनेको छ ।

जेठ ५ गते दैलेख आठबीस नगरपालिकाका ३५ वर्षीय युवा कोरोना सङ्क्रमण देखिएयता यो सङ्क्रमण अङ्कगणितीय अनुपातमा बढिरहेको छ । आजको दिनसम्म कर्णालीमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ९६७ पुगेको छ । एक्काइस दिनमा ९६७ जनामा फैलिएको कोरोना सङ्क्रमण औसतमा दैनिक ४६ जना सङ्क्रमित भएको पाइन्छ । त्यसमा दैलेखमा मात्र ५३८ जना कूल सङ्क्रमित सङ्ख्याको (५६ प्रतिशत) मा यो रोगको सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख तिवारीका अनुसार सुर्खेतमा २१२, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, डोल्पामा एकजनामा कोरोना पुष्टि भएको छ । रुकुमपश्चिमबाहेक कर्णालीका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । यसबाट कर्णालीमा डोल्पा, दैलेख र सुर्खेतका तीनजनाको ज्यान गएको छ । यो सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित दैलेखमा दिनहुँ ३०–५० को सङ्ख्यामा सङ्क्रमित थपिने गरेको उहाँले बताउनुभयो

भारतबाट शनिबारसम्म ४२ हजार ४३२ नागरिक कर्णाली भित्रिएका छन् । त्यसमा १४ हजार १८ नागरिक दैलेखका मात्रै भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतका ११ हजार ५३०, कालीकोटका पाँच हजार १५८, जाजरकोटका तीन हजार ७७१, सल्यानका तीन हजार २८२, रुकुमपश्चिमका एक ६४३, मुगुका एक हजार ३९७, जुम्लाका एक हजार ३५७ र हुम्लाका २७५ नागरिकले कर्णाली प्रवेश गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख भित्रिने नागरिकहरुको अत्यधिक चाप र नमूना स्वाब सङ्कलन गरी पठाएकाको आरटी पिसिआर रिपोर्ट निकै ढिलो आएका कारण दैलेखमा तीव्र रुपमा सङ्क्रमण फैलिएको बताउनुभयो । पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरु पनि दैलेखको समस्यामा केन्द्रित भएर लागेको प्रजिअ कट्टेलको भनाइ छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता जोशी (भण्डारी)ले प्रदेश सरकारबाट दैलेखका लागि स्वास्थ्य जनशक्ति, स्वास्थ्य सुरक्षा सामग्री थप गरिएको बताउनुभयो । “कर्णालीभरिका जिल्लाहरु मध्य दैलेखमा नै स्वास्थ्य सेवा केन्द्रित गरिएका छ”, निर्देशक जोशीले भन्नुभयो, “अब त्यहाँ जतिसक्दो चाँडै आरटी मेशिन सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ ।”

दैलख क्षेत्र १ (क) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले भारतबाट आउने कर्णालीका नागरिकहरुको यकिन र त्यही अनुसारको व्यवस्थापनको पूर्वतयारी गर्न नसक्दा प्रदेशले अनपेक्षितरुपमा सङ्क्रमण फैलिएको बताउनुभयो । “नागरिकहरु भारतबाट आउने क्रम रोकिएको छैन,” सदस्य रेग्मीले भन्नुभयो, “यो व्यवस्थापनमा सरकार गम्भीर भएर लाग्नुपर्दछ, अन्यथा त्यसले विकराल रुप लिन सक्छ ।” सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आज पनि दैलेखमा ३७ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यस्तै, सुर्खेतका १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा तीनजनाबाहेक सबै भारतबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । यसरी दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै जाँदा प्रदेश तथा स्थानीय सरकारलाई कोरोना सङ्क्रमण नियन्त्रण ल्याउन निकै सकस हुँदै गएको छ ।

यता कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले अधिकांश सङ्क्रमतिहरुमा कोरोना सङ्क्रमण नदेखिएको बताउनुभयो । उच्च मनोबल राख्न, खानपिन, सरसफाइ र व्यायाममा ध्यान दिन सके कोरोनालाई जोसुकैले सजिलै जित्न सक्ने भन्दै सम्पर्क व्यक्ति डा पौडेलले यसबाट कसैलाई नआत्तिन सुझाउनुभयो ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com