Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए

  • ३ वर्ष अगाडि

पोखरा, असार २ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका थिए । गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नयाँ संक्रमण पुष्टी भएका १८ जना सबै भारतबाट आई सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको र नयाँ संक्रमित सबैलाई सम्बन्धीत जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने काम भएको शर्माले बताउनुभयो ।

नयाँ संक्रमण पुष्टी भएसँगै कुल संक्रमितको संख्या स्याङ्जामा ६४ जना, नवलपरासी पुर्वमा ४८ जना, बागलुङमा ४१ जना, पर्वतमा २६ जना, गोरखामा २५ जना, तनहुँमा ९ जना, कास्कीमा ६ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २२३ जना मध्य अहिलेसम्म २० जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com