Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा थपिए ४२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २८९ पुग्यो

  • ३ वर्ष अगाडि

पोखरा, असार ४ गते । गण्डकी प्रदेशमा बिहीबार ४२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमित पुष्टी भएको छन् । गण्डकी प्रदेशको नवलपरासी पुर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २८९ पुगेको हो ।

मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मनाङमा कार्यरत ति व्यक्ति केही समय अगाडि कपिलवस्तु स्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो ।

निर्देशनालयका अनुसार बिहीबार थपिएका नवलपरासीका १८ जना मध्य मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, ११, २०, १७, ४०, ३० र ३९ वर्ष र एक उमेर नखुलेका पुरुष, गैडाकोट नगरपालिकाका २८ वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७, २१ वर्षीय पुरुष, भानु नगरपालिकाका २२, ४२, ४०, ५२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै गोरखाको पालुङ्टार नगरपालिकाका ४६, ४५, ४३, २८, २३ र ४१ वर्षीय पुरुष, ४० वर्षीय महिला र शहिद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भएका सबैलाई जिल्लाहरुमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।

नयाँ संक्रमित थपिएसँगै हालसम्म गण्डकी प्रदेशमा सबैभन्दा धेरै नयाँ संक्रमण पुष्टी भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार नवलपरासी पुर्वमा ८४, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, गोरखामा ३६ जना, पर्वतमा २९ जना, तनहुँमा २३ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना र लमजुङ र मनाङमा एक १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २८९ जना मध्य २२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com