Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा काेराेनाका तीन अपडेट, ७७ थपिए ३२४ पुग्याे

  • ३ वर्ष अगाडि

पोखरा, असार ४ गते । गण्डकी प्रदेशमा बिहीबार बिहान मात्र ७७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमित पुष्टी भएको छन् । गण्डकी स्वास्थ्य निर्देशनालय बिहीबार बिहानसम्म तीन पटक कोरोना संक्रमितको अप्डेट गरेको थियो ।

बिहान ५ः ४५ बजेको विज्ञप्तीमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तीमा पाँच जना र बिहान ९ बजेको विज्ञप्तीमा ३० जना नयाँ संक्रमित थपिएका थिए ।

गण्डकी प्रदेशको नवलपरासी पुर्वका ३१, तनहुँमा १५, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको हो ।

मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार मनाङमा कार्यरत ति व्यक्ति केही समय अगाडि कपिलवस्तु स्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो । पर्वत जिल्लाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलन भएपनि पोखरा स्थिति प्रयोगशालामा चापका कारण परीक्षण हुन नसकेपछि पर्वतबाट उक्त स्वाब भरतपुर पठाइएको थियो ।

पर्वतबाट भरतपुर पठाइएका स्वाब मध्य पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले प्रतिवेदनमार्फत जानकारी गराएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण पुष्टी भएका सबैलाई जिल्लाहरुमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।

नयाँ संक्रमित थपिएसँगै हालसम्म गण्डकी प्रदेशमा सबैभन्दा धेरै नयाँ संक्रमण पुष्टी भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो विवरण अनुसार नवलपरासी पुर्वमा ९७, स्याङ्जामा ७३ जना, बागलुङमा ४२ जना, पर्वतमा ३८, गोरखामा ३६ जना, तनहुँमा २६ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना र लमजुङ र मनाङमा एक १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका ३२४ जना मध्य २२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।

कोराेना सङ्क्रमितकाे अवस्था

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com