Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एकैदिन ४२ जिल्लामा देखियो संक्रमण

  • ३ वर्ष अगाडि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ६७१ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो अहिले सम्मकै सर्वाधिक संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ५९१ पुरुष र ८० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।

यो संगै कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । जसमा ७ हजार २२९ पुरुष र ६१९ महिला रहेका छन् । आज गण्डकी प्रदेशमा मनाङमा एक जनालाई कोरोना पुष्टि भएसँगै देशभर ७४ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशका ४२ वटा जिल्लामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको मनाङमा पनि संक्रमण पुष्टि भएसँगै देशका ७४ जिल्लामा संक्रमण फैलिएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा झापाका २, मोरङका १, अछामका ४४, बैतडीका २५, बाजुराका ४२, भक्तपुरका ३, डडेल्धुराका ८४, कैलाली ४२, कपिलवस्तुका ३, काठमाडौंका २, नुवाकोटका २, रौतहटका ३४, रुपन्देहीका ३, सर्लाहीका ३, ललितपुरका १, महोत्तरीका १, सिन्धुलीका १, पर्वतका ९, चितवनका १, धनुषाका २९, बाग्लुङका १, स्याङजाका ९, तनहुँका १५, गोरखाका ११, सिन्धुपाल्चोकका १, गुल्मीका ३, पाल्पाका ६, नवपरासी पूर्वका ३१, रुपन्देहीका ९, रोल्पाका १, अर्घाखाँचीका ९७, बाँकेमा ३, बर्दियाका ३, नवलपरासीका १, कैलालीका १, दैलखका ८७, दाङका ४, सुर्खेतका ३४, बझाङका २, कञ्चनपुरका २ र डोटीका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ । लम्कीचुहा २ कैलालीकी ४३ वर्षकी महिला टाउकोमा गम्भिर चोट लागि जेठ ३१ गते नेपाल मेडिकल कलेज कोहलपुरमा भर्ना हुनुभएकोमा उपचारका क्रममा उहाँको हिजो मृत्यु भएको थियो । सब्ड्युरल हेमोटोमा भएका कारण शल्यक्रिया गर्नपर्ने भएकाले शल्यक्रिया अगाडि असार २ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो । यस्तै अर्का ४६ वर्षका यातायात व्यवसायीको सेती प्रादेशिक अस्पताल धनगढीमा हिजै मृत्यु भएको हो । हालसम्म काेराेना पाेजेटिभ पुष्टि भएकामध्ये २२ जनाकाे मृत्यु भएकाे छ ।

११८६ जना डिस्चार्ज भए
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या १ हजार १८६ पुगेको जानकारी दिनुभयो । जसमा ११४ महिला र १०७२ पुरुष रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ५५ हजार ५१८ जनाको परीक्षण भएको बताउनुभयो । हालसम्म आरडीटिबाट २ लाख ४३ हजार ५४३ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ९ हजार ५३२ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख १६ हजार २१५ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ६ हजार ६४८ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।साभार: हेल्थपाटी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com