नारायणपुर । तुलसीपुर उपमहानगरपालिकाले बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वमा फैलिएको कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्न सक्ने आंकलन गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
बढ्दो आयातीत हाइब्रिड बीउ प्रतिस्थापन गर्न बीउ बैङ्क स्थापना गर्ने, सामूहिक खेतीलाई प्राथमिकता दिने, परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने, कृषि औजार प्रयोगलाई बढाउने, एक गाउँ एक उत्पादन अभियान चलाउने र कृषि बीमा गर्न विभिन्न कम्पनीसँग सहकार्य गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।
युवालाई कृषिमा आकर्षित गर्न धान, मकै र गहुँबालीमा अनुदान दिने, प्लाष्टिक टनेल वितरण गर्ने, कृषक पहिचान कृषिमा स्वाभिमान भन्ने नाराका साथ किसानलाई प्रोत्साहनस्वरुप परिचयपत्र तथा पोशाकको व्यवस्था तथा व्यावसायिक किसानलाई अनुदान दिने व्यवस्था गरिएको नगर प्रमुख पाण्डेले बताउनुभयो । नगरबासीको आपत्कालीन स्वास्थ्य सेवामा सहज पहँुचका लागि सबै वडामा एम्बुलेन्स सेवा विस्तार तथा सुत्केरीको सुरक्षा कार्यक्रम प्रभावकारी भई मातृमृत्युदर शून्यमा झार्न सफल भएकाले प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ । सुत्केरी गराउनका लागि एम्वुलेन्स प्रयोग गर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
हाम्रो टिम
प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी
नेपाल सञ्चार
Menu
© All rights reserved 2015-2024 nepalsanchar.com