Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पावर टिलरको प्रयोग गर्न थालेपछि विस्थापित हुँदै परम्परागत ‘हलो’

  • ५ वर्ष अगाडि

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–३ का किसान भरत चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरु जोत्न’ छोडनुभएको छ । उहाँले जोत्नका लागि गोरुका ठाउँमा ‘पावर टिलर’ खरिद गर्नुभएको छ । भरतले कम श्रममै एकै पटक धेरै खेत जोतिने भएपछि गोरु बेचेर पावर टिलर खरिद गर्नुभएको हो ।

“गोरु पाल्नका लागि घरका एक जनाले घाँस काट्ने, खुवाउने र चराउने कार्यका लागि खट्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “पावर टिलर खरिद गरेपछि गोरुको जस्तो स्याहारसुहार गर्नुपरेको छैन । गोरुले एक बिघा खेत जोत्न कम्तीमा तीन दिन लाग्ने गरेको थियो । पावर टिलरको प्रयोग गर्न थालेपछि तीन दिनको कार्य एक घण्टामै पूरा हुन थालेको छ ।”

खेत जोत्नेदेखि तरकारीका लागि बारी तयार गर्ने, रोपाइँका लागि खेत तयार गर्ने, सिँचाइका लागि पानी तान्ने र बारीमा उत्पादन भएका कृषिजन्य वस्तु बिक्री गर्नका लागि बजारसम्म लैजान पावर टिलरको सहयोग लिइने गरिएको छ । कृषियन्त्रको सहयोगले कृषि कार्य छिटो छरितो हुनुका साथै समयको समेत बचत हुने गरेको छ । कृषि उत्पादनमा समेत विगतको तुलनामा दोब्बरले वृद्धि हुन थालेको किसान रनु चौधरीले बताउनुभयो ।

“धान गहँुलगायत बाली विगतमा जनशक्ति परिचालन गरी चुट्नु पर्ने वा गोरुको सहायताले दाई लगाउनुपर्ने अवस्था हुन्थ्यो”, उहाँँले भन्नुभयो, “खेतबाट आँगनमा ल्याइएको बाली घर भित्र्याउनकै लागि एक महिना पर्खनु पर्दथ्यो । खेतमै पावर टिलर वा ट्र्याक्टरमा रिपर जडान गरी धान गहुँ काट्ने र थ्रेसरको सहायताले एक घण्टामै चुट्ने कार्य हुन थालेको छ ।” विगतमा कृषि कार्यमा मजदूरको प्रयोग गर्दा निकै खर्च हुने गरेको उल्लेख गर्दै आशिष चौधरीले भन्नुभयो, “अब कम लागतमै कृषिको उत्पादन लिन सकिने भएको छ । यो कार्य कृषियन्त्रको बढ्दो प्रयोगले सम्भव बनाएको छ ।” शुक्लाफाँटा नगरपालिकाको वडा नं ३ मा बसोवास गर्ने अधिकांश किसानले आधुनिक कृषियन्त्र तथा औजारको प्रयोग गर्दै आएका छन् । हातले चलाउने स्प्रेको ठाउँमा इलेक्ट्रिक स्प्रे प्रयोग गर्दै आएका छन् ।

गाउँका युवा विदेशिने क्रमले समेत किसानलाई कृषियन्त्रको प्रयोग गर्न बाध्य पारेको हो । हाल आधुनिक कृषियन्त्र र औजारको प्रयोगले विदेशिने युवासमेत स्वदेशमै खेती गर्नमा रुचि देखाउन थालेका छन् । सरकारले कृषिको उत्पादकत्व बढाई कृषि उत्पादनको लागत खर्चमा कटौती गर्नका लागि ५० प्रतिशत अनुदानमा कृषियन्त्रण उपलब्ध गराउन थालेपछि किसानले कृषियन्त्रको प्रयोगलाई बढावा दिन थालेका छन् । कृषिमा बढ्दो व्यवसायीकरणका कारणसमेत आधुनिक कृषियन्त्रको प्रयोग हुन थालेको छ ।

धेरै जग्गा भएकाले ट्र्याक्टर, कम जग्गा भएका किसानले पावर टिलर र मिनी टिलरको प्रयोग गर्दै आएका छन । सोलार सिँचाइ, कर्न सलेर, हार्भेस्टर, बीउ मल एकै साथ छर्ने आधुनिक मेशिन, ग्रेडिङ मेशिन, स्यालो ट्युबेललगायत प्रयोग गर्नेहरु बढ्दोक्रममा छन् ।

आधुनिक कृषियन्त्र तथा औजार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आउनुभएका चूडामणि जोशीले वार्षिकरुपमा पावर टिलर, मिनी टिलरलगायत मात्रै ३०० बढीको सङ्ख्यामा बिक्री हुने गरेको बताउनुभयो । “थ्रेसर मेशिन, रिपरलगायत कृषि औजारको माग बढीरहेको छ”, उहाँले भन्नुभयो, “किसानले माग गरेबमोजिमका कृषि औजार तथा आधुनिक यन्त्र विगत एक दशकदेखि उपलब्ध गराउँदै आएका छौँ ।” सुदूरपश्चिम प्रदेशमा सञ्चालित मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत सञ्चालन भएका ब्लक, पकेट र जोनलगायत कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा उपलब्ध गराइदै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रत्येक पकेट क्षेत्रलाई रु पाँच लाखका दरले कृषियन्त्र र औजार खरिदका लागि अनुदान रकम उपलब्ध गराइदै आएको छ । एक सय ५५ वटा पटेकलाई सो रकम उपलब्ध गराइएको परियोजना कार्यालयका कर्मचारी रणबहादुर मल्लले बताउनुभयो । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमका लागि कैलाली र कञ्चनपुरका १५५ स्थानीय तहलाई रु ५० लाखका दरले चालु आवमा कृषिलाई आधुनिकीकरण गर्नका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइएको उहाँको भनाइ छ ।

अन्न बालीसँगै तरकारी खेतीमा किसानले आधुनिक प्रविधि प्रयोग गर्न थालेपछि उत्पादनसमेत विगतको तुलनामा निकै बढेको छ । भारतबाट आयात हुने विषादीको अत्यधिक प्रयोग गरिएको तरकारीसमेत विस्थापन हुन थालेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट कृषिमा बढ्दो व्यवसायीकरणले किसानको आयआर्जनमा वृद्धि हुनुका साथै युवालाई स्वरोजगार बनाउन मद्दत पुगेको बताउनुहुन्छ ।

“कृषिमा बढ्दो आधुनिक यन्त्र र औजारको प्रयोगले कार्य क्षमता बढाएको छ” उहाँले भन्नुभयो, “कृषिको लागत खर्चमा निकै कटौती भएको छ । व्यावसायिक खेतीका लागि खनजोत गर्न, चुट्ने, काटने र सिँचाइको व्यवस्था गर्न आधुनिक कृषियन्त्रको सहायता लिने गरिन्छ ।” उहाँका अनुसार जिल्लाका ६० प्रतिशत बढी किसानले आधुनिक यन्त्र र औजारको प्रयोग गर्दै आएका छन् ।

कृषियन्त्रको प्रयोगलाई अझै विस्तार गर्न सकिए उत्पादकत्व वृद्धि हुनुका साथै विदेशिने युवालाई स्वरोजगार बनाउन सकिने भएकाले यसका लागि कार्यक्रम अगाडि बढाउन नितान्त आवश्यक भएको उहाँको भनाइ रहेको छ । परम्परागत कृषिलाई व्यावसायिक बनाई रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकारले योजनाबद्ध रुपमा कार्यक्रम अघि सारेको सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताउनुभयो ।

“जीवन निर्वाहमुखी कृषि हैन, अब यसलाई व्यावसायिक बनाइनुपर्छ”, उहाँले भन्नुभयो, “हालै प्रदेशसभाबाट पारित बजेटमा समेत कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।” जग्गा बाँझो राख्न नपाइने गरी बाह्रै महिना खेती गर्नका लागि कार्यक्रम अघि सारिएको उहाँको भनाइ छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com