पोखरा, असार ६ गते । गण्डकी प्रदेशमा शनिबार मात्रै १०८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म संक्रमित नदेखिएको मुस्ताङ जिल्लामा समेत एक जना संक्रमित भेटिएका छन् ।
नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कुन संक्रमितको संख्या ४८८ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले शनिबार बिहान ५८ जना र बेलुका ५० जना नयाँ संक्रमित थपिएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
नयाँ संक्रमण पुष्टी हुनेमा बागलुङमा ३७, नवलपुरमा ३४, तनहुँमा २७, गोरखामा ५, कास्कीमा २, स्याङ्जामा १, म्याग्दीमा १ र मुस्ताङमा १ जना रहेका छन् ।
नयाँ संक्रमण पुष्टी भएका सबै भारतबाट आई स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबैलाई सम्बन्धीत जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउँने तयारी भइरहेको छ ।
नयाँ संक्रमित थपिएसँगै हालसम्म गण्डकीको नवलपरासी पुर्वमा १३३, स्याङ्जामा ७६ जना, बागलुङमा १०३ जना, तनहुँमा ७० जना, पर्वतमा ४३, गोरखामा ४१ जना, कास्कीमा १५ जना, म्याग्दीमा ४ जना, लमजुङ, मनाङ र मुस्ताङमा १÷१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण भएका ४८८ जना मध्य ३९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।