गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

पोखरा, असार ११ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत ५५ वर्षीय पुरुषको बुधबार राती मृत्यु भएको हो ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा स्थायी घर भई आँधीखोला गाउँपालिकाको सिरुवारीमा व्यापार व्यवसाय गरी बस्ने ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञी प्रकाशित गरी जनाएको छ । अस्पतालका निर्देशक सह. प्रा.डा. अर्जुन आचार्यका अनुसार कोरोना संक्रमित व्यक्तिमा गम्भिर निमोनिया, मधुमेहलगायतको संक्रमण रहेको थियो ।

स्याङ्जामा रहेकै बेला उच्च ज्वरो देखिएपछि उपचारका लागि पोखरा लगिएका ति व्यक्तिलाई सोमबार कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टी भएप्छि असार ८ गते अस्पतालमा भर्ना भएकोमा उपचारकै क्रममा असार १० गते ११ः३५ मा मृत्यु भएको थियो ।

गाउँमै व्यापार व्यवसायी गरी बस्ने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्याङ्जामा त्रास बढेको थियो । सोमबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइसकिएको र केहीको स्वाब संकलनको कार्य जारी रहेको छ ।

यसअगाडि गण्डकीमा पहिलो पटक स्याङ्जाको वालिङ नगरपालिकाका ५७ वर्षीय पुरुषको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार