Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

गल्याङमा अनुकूल समयमा बोका खोज्ने प्रविधि

  • ३ वर्ष अगाडि

स्याङ्जा । बाख्रापालन व्यवसाय गर्दै आएका किसानलाई लक्ष्य गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने (हिट सिङ्क्रोनाइजेसन) प्रविधिको शुरुआत गरेको छ । गल्याङ– ७ का ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो । बाख्राको प्रजनन अङ्गमा सिआइडिआर राखेपछि हर्मन उत्पन्न भई बोका खोज्ने हुँदा यो प्रविधि निकै महत्वपूर्ण भएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । पहिलो पटक १४ बाख्रामा यो प्रविधिको प्रयोग गरिएको र पछि थप एक सय वटामा गरिने योजना छ ।

बाख्रालाई आफूले स्याहारसुसार गर्न अनुकूल हुने सयममा पाठापाठी उत्पादन गर्नका लागि यो प्रविधिको प्रयोग गरिन्छ । यसरी बाख्रालाई समयअनुकूल बोका खोज्ने बनाउनका लागि निरोग बाख्राका साथै सुत्केरी भएको दुई महिना पुगेको बाख्रा छनोट गरेर आन्तरिक परजीवीको औषधि र मिनरल खुवाएको २० दिनपछि बाख्राको प्रजनन अंगबाट सिआइडिआर योनीमा राखिन्छ । यसलाई राखेको १७ दिनपछि निकालेर अर्को हर्मोन ल्युटिनाइज बाख्राको शरीरमा लगाइन्छ । यो लगाइएको ४८ घण्टामा बाख्राले पूर्ण रुपमा बोका खोज्ने र बोयर जातको बोका लगाइने पशु शाखाका अधिकृत अर्यालले बताउनुभयो । यस क्षेत्रमा काम गर्ने चिकित्सक र प्राविधिकको कमी तथा हर्मोन महंँगो हुनाका साथै सहज रुपमा पाउन गाह्रो हुने भएकाले किसानसमक्ष प्रविधि आउन नसकेको अर्यालको भनाइ छ ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानले यो प्रविधिको प्रयोग गर्न सकेमा धेरै फाइदा लिन सक्ने देखिन्छ । यो प्रविधिको सबैभन्दा महत्वपूर्ण पक्ष किसानले आफूलाई अनुकूल हुने समयमा पाठापाठी उत्पादन गर्ने सकिने हुन्छ । साउन, भदौ, पुस र माघमा बाख्राले बच्चा जन्माउँदा राम्रोसँग हुर्काउन नसकिने हुनाले यीबाहेक अन्य महिनामा बाख्रालाई सुत्केरी बनाउन सकिन्छ । यो प्रविधिको प्रयोग गर्नका लागि बाख्रा सुत्केरी भएको कम्तीमा दुई महिना पुगेको र निरोग हुनुपर्छ ।नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरपालिकालाई कृषिमा आत्मनर्भर गराउने योजनानुसार काम भइरहेको बताउँदै किसानका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले नगरभित्र रहेका कृषकलाई व्यावसायिक रुपमा काममा लाग्ने हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न प्रकारका अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएको जानकार िदिनुभयोे । नगरपालिकाले कृषकलाई अदुवा र च्याउ खेतीका लागि निःशुल्क बीउबिजन वितरण गर्नाका साथै दूध बिक्री गर्ने किसानलाइ अनुदानको व्यवस्था गरेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

ताजा समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki