Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

दाङमा जङ्गली च्याउ खाँदा १४ बिरामी

  • ३ वर्ष अगाडि

तुलसीपुर । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी ३५ वर्षीया विमला विक, उहाँकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं ३ निवासी १७ वर्षीया, तुलसीपुर ५ निवासी ३६ वर्षीय टेकबहादुर पुन, ३३ वर्षीय कमला पुन र उहाँका १९ वर्षीय छोरा टोपेन्द्र बिरामी परेका छन् ।

त्यस्तै तुलसीपुर ५ निवासी चीनबहादुर रानाका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा, ओसो घर्ती मगरकी १८ वर्षीया छोरी निर्मला, २४ वर्षीय खिमा पुन, १५ वर्षीया एक बालिका, ३५ वर्षीया विपना घर्ती र कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यसैबीच दाङमा एक चित्तल मृत फेला परेको छ । लमही नगरपालिका वडा नं ७ हसनापुरमा विहीबार राति ११ बजे नवशान्ति सामुदायिक वनमा उक्त चित्तल मृत फेला परेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख प्रवीण बिंडारीले बताउनुभयो । वनको टोली गस्ती गएका बेला मुख र कानमा चोट लागेका अवस्थामा करीब ४५ किलोको गर्भावस्थाको चित्तल मृतावस्थामा फेला परेको उहाँले बताउनुभयो । मृत चित्तल परीक्षणका लागि रिहार पशु केन्द्रमा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki