Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकी प्रदेशसभाले गण्डकी अर्थसम्बन्धी विधेयक पारित

  • ६ वर्ष अगाडि

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड दिँदै उपलब्ध प्राकृतिक साधनस्रोतलाई राजस्वको दायरामा ल्याउनुपर्ने बताउनुभयो । अघिल्लो वर्षभन्दा करको दायरा फराकिलो बनाउने किसिमबाट विधेयक आएकामा उहाँले सराहना गर्नुभयो ।

अर्का सदस्य मणिभद्र कँडेलले कर परिचालन गर्दा जनताको सरकारको अनुभूति गराउन सक्यौँ या सकेनौँ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै वनबाट कर लिनका लागि कानून बनाउन नसकिएको गुनासो गर्नुभयो । बजेटको कार्यान्वयनका लागि बनाइने कार्यविधि लक्षित व्यक्तिलाई लाभ पुग्ने गरी बन्ने गरेको बताउँदै उहाँले त्यसले जनतालाई नसमेट्ने भएका कारण जनता कर तिर्न इच्छुक नहुने गरेको विचार राख्नुभयो ।
सदस्य पियारी थापाले बन्दाबन्दीका कारण समस्यामा परेका सवारी साधनधनीका लागि समय बढाउने मात्र नभई निश्चित कर छुट दिनुपर्ने बताउनुभयो । प्राकृतिक स्रोतसाधन दोहन गर्ने क्रसरजन्य उद्योगको नियमन हुनुपर्ने उहाँले बताउनुभयो । पर्यटन व्यवसायमा ठूलो अवसर परेको अवस्थामा उनीहरूलाई बचाउनका लागि लगानी तथा छुट दिने कुरामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले कर उठाएका आधारमा विकास निर्माणका कामलाई अघि बढाउन सकिने बताउनुभयो । सङ्घीयता भनेको अधिकारको बाँडफाँट भएको बताउँदै उहाँले सङ्कलित राजस्वको ठूलो हिस्सा सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा दिनुपर्नेमा जोड दिनुभयो । व्यक्तिमा आफूले राज्यलाई कर तिर्नुपर्छ भन्ने भावना विकास हुनुपर्ने उहाँले बताउनुभयो । आधुनिक समाज निर्माण गर्न करमा नै भर पर्नुपर्ने बताउँदै उहाँले यसको दायरा बढाउनुपर्ने औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com