Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

सडक ठाउँठाउँमा अवरुद्ध

  • ३ वर्ष अगाडि

म्याग्दी । गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुङ्गा, दानाको ढुवारी खोला, गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ ।

लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।

वर्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बेनी–दरबाङ सडक बन्द

यसैबीच बेनी–दरबाङ सडकखण्डअन्तर्गत एक दर्जनभन्दा बढी ठाउँमा हिलो, बाढी र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन बीच बाटोमा नै अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि गए रातिदेखि अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका–४ बारीबेनीमा झरेको ढुङ्गासहितको रेलोले मालबाहक ट्रकलाई क्षति पु¥याएको बारीबेनी प्रहरी चौकीले जनाएको छ ।

सडकखण्डअन्तर्गत जलजलादेखि मालढुङ्गासम्मका विभिन्न स्थानमा बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेका पनि वर्षा भइरहेकाले समस्या भएको प्रहरीको भनाइ रहेको छ । वर्षासँगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पु¥याएको छ ।

वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेका भए पनि वर्षाले गर्दा समस्या भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वत बेनीमा नै अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki