Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बन्दाबन्दीमा महिला हिंसा बढ्दो, ५८ प्रतिशत हिंसा घरभित्रबाटै

  • ३ वर्ष अगाडि

काठमाडौँ ।कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करिब एक हजार ७०० को हाराहारीमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरिएकामा बन्दाबन्दीको पछिल्लो तीन महिनामा मात्रै ८४३ महिला हिंसाका घटना भएको एक तथ्याङ्कले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले पछिल्लो तीन महिनामा ८४३ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरेको जनाएको छ । अभिलेखकिरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशतअर्थात ४९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

दाइजो नल्याएको/कमल्याएको निहुँमा, छोरीछोरी मात्र जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई मात्र लगाउने, गालीगलौज गर्ने, चारित्रिक आरोप लगाउने तथा अपशब्द प्रयोग गरी २८८ जना महिलामाथि शारीरिक हिंसा र १०२ जनामाथि मानसिक हिंसा भएको ओरेकको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी ७१ महिलालाई खानालाउन नदिई घर निकाला गरेको, १४ जनाको विवाहदर्ता नबनाई दिएको, चार जना बच्चाको जन्मदर्ता नबनाई दिएको, आठ जनाको नागरिकता नबनाई दिएको, तीन जनालाई स्वास्थ्य सुविधाबाट वञ्चित गरिएको घटना रहेका छन् ।

महिला हिंसाका घटनामध्ये ८३ सामाजिक हिंसा, १३१ बलात्कार, २६ बलात्कारको प्रयास, ३५ यौनदुव्र्यवहार, २१ हत्या, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी रहेको, ३२ आत्महत्या, दुई आत्महत्याको प्रयास, चार हत्याको प्रयासका घटना, चार मानव बेचविखन र ११ साइवर अपराधसँग सम्बन्धित घटना रहेको उहाँले जानकारी दिनुभयो । हिंसा गर्ने व्यक्तिमा ३५७ जना श्रीमान्, १३३ जना परिवारका अन्य सदस्य, १७६ जना छिमेकी, ४० जना प्रेमी ठानिएका व्यक्ति, १६ जना साथी, १२ जना सेवाप्रदायक, चार जना शिक्षक, चार जना घरमालिक र ६५ जना पहिचान नखुलेको व्यक्ति रहेका छन् ।

कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो, “प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुन्छ भन्ने मान्यता रहेको छ, तर यस तथ्याङ्कले घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेका देखाउँछ । बालिका र महिलालाई हेर्ने हानिकारक सोचका कारण महिला हिंसाका घटना नियन्त्रण हुन सकेका छैन ।” घरेलु हिंसा प्रभावितले नै घर छोड्नुपर्ने, समयमा न्यायिक कारवाही नहुने, पीडकले पटकपटक धम्की दिने, सामाजिक रुपमा लाल्छना खप्नुपर्ने, पारिवारिक र सामाजिक सहयोगको कमी हुने, बालबालिकाको पालनपोषणका लागि चुनौती खप्नुपर्नेजस्ता कारणले गर्दा अझ धेरै घटना बाहिर आउन नसकेको बताइन्छ ।

यसका लागि सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानूनी कारवाही र आवश्यकताअनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षितरुपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता छ । ओरेकद्वारा सञ्चालन गरिएको तीन हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्थामार्फत ६१ वटा जिल्लाबाट यी घटना अभिलेखीकरण गरिएको र यीमध्ये ११२ वटा घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएको ओरेकले जनाएको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki