Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

  • सिबी अधिकारी
  • ५ वर्ष अगाडि

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ ।

आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो ।

यती एयरलाइन्सले यसअघि पनि अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको जनाइएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ । इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्याङ्कनको आधार किटान गर्नेछ । समितिले सातदेखि १५ दिनभित्र इजाजतबारे टुङ्गो लगाउनेछ । मन्त्रालयबाट इजाजत प्राप्त भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । सहसचिव आचार्यले अध्ययन कमिटिले साउनको शुरुदेखि मूल्याङ्कन प्रक्रिया अघि बढाउने बताउनुभयो । यतीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा पुरानो श्री एयरलाइन्सको इजाजतजस्तै यात्रु र कार्गो चार्टर्डको लागि निवदेन दिएको जनाइएको छ ।

निकट भविष्यमै सञ्चालनमा आउने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने गरी यतीले उडान अनुमतिको प्रक्रिया अघि बढाएको बुझिएको छ । आगामी डिसेम्बरभित्र निर्माण सकिने गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रूत गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ ।

नेपालमा अहिले निजी क्षेत्रका यतीसहित बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन । छोटा गन्तब्यमा चार्टर्ड र कार्गो उडान गर्दै आएको छ । यी कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । बन्दाबन्दीको अवधिमै पनि बुद्धले बङ्गलादेश र यतीले सिङ्गापुर र अफ्रिकी मुलुक सुडानमा चार्टर्ड उडान गरेको थियो । बुद्धले यसअघि भारतको बनारस र कोलकात्तामा व्यावसायिक उडान गरेको थियो ।

यी हुन् अन्तर्राष्ट्रिय उडानको मापदण्ड

आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्ता पूँजीसम्बन्धी विवरण पेस गर्नुपर्ने हुन्छ ।

जसअनुरुप ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्ता पूँजी हुनुपर्छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लेखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ ।

अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको छ । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिने मन्त्रालयले जनाएको छ ।

आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेपनि निवेदन दिएनन् । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्ता पूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ ।

‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ को खण्ड ६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम लागू हुने मन्त्रालयले जनाएको छ ।

योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ ।

मन्त्रिपरिषद्को गत वैशाख १५ गतेको निर्णयानुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com