Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाजुराका ९२ बस्ती पहिराको उच्च जोखिममा

  • गङ्गराज पण्डित
  • ३ वर्ष अगाडि

बाजुरा ।बाजुराका ९२ बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । भिरालो जमीन, बस्तीमाथि बाट पहिरो आउने र तलबाट खोला काट्दै जाने हुँदा जिल्लाका ९२ बस्ती पहिराको उच्च जोखिममा रहेका हुन् ।

राष्ट्रिय योजना आयोगले सहरी विकासमार्फत बस्ती विकासका लागि काम गर्ने भएपछि स्थानीय तहले जोखिममा रहेका बस्तीको पहिचान गर्दै आएका छन् । पहिचान भएका बस्तीमा खप्तड छेडेदह–१ को नाउलीखोला र पैयापाटा, २ र ३ को टुनीसैन, वडा नं ४ को चास्ला, वडा नं ५ को पारतोला, माडीखोला र बुढाथोकीवाडा, घरेडी–६ को सुदाडा पहिराको जोखिममा रहेका छन् ।

बूढीगङ्गा नगरपालिकाका–१ को कुँडी, वडा नं २ को बल्दे र नडाग, वडा नं ३ को गडतोला र बसाली, वडा नं ४ को साउवाडा खोलारवाडा, वडा नं ५ को कोटवाडा, वडा नं ६ को फलासैन र बाम्का बजार, वडा नं ७ को बेलालमाडाँै र वडा नं १० को सेलापाखा रहेका छन् । त्यसैगरी त्रिवेणी नगरपालिका–१ को विशालबजार, वडा नं ४ को पीपलसैन राउते खोला, वडा नं ५ को किम्नी, वडा नं ६ गैरा, पन्धारा र फल्नेतोलाको बस्ती पहिराको उच्च जोखिममा रहेका छन् ।

त्यस्तै त्रिवेणीकै वडा नं ८ मा पर्ने पन्ताली, ढँडाली, बाँगापाटा, कालापानी, गिरिवाडा टोल रहेका छन् भने बडिमालिका नगरपालिकाअन्तर्गत वडा नं १ को पाटा, वडा नं २ को भौनेरा र घागर बस्ती, वडा नं ३ को मुसिगाउँ, सेरी, घोगाली–४ को तिपाडा, वेलेनासमेत पहिराको उच्च जोखिममा रहेको छ ।

यसैगरी बडिमालिकाकै वडा नं ५ को सल्लेरीवाडा, वडा नं ६ जडाङ्गा, वडा नं ७ को जिल्ली, सिराडी, चुथी, वडा नं ८ र ९ को बाउली गडखेतका रहेका छन् । बूढीनन्दा नगरपालिका–१ को साउनेगाउँ, वडा नं २ को कोल्टी–३ को भुलेना, वडा नं ४ को घोडाकोट, सिराडी–६ को दैया, लाटोबस्ती, खारगडा रहेका छन् भने वडा नं ७ को पहेलसेरा, नौलाकोट र खड्कावाडा, वडा नं ८ को प्रियाकोट, वडा नं ९ को गुइदेली रहेका छन् ।

त्यसैगरी हिमाली गाउँपालिका–१, २, ३, को विछ्या नेटा, वडा नं ४ को फैती, वडा नं ६ को पाडीको बस्तीसमेत उच्च जोखिममा रहेको तथ्याङ्कमा रहेको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ को वर्कुु जोरु, मुक्तिकोट, वडा नं २ को सुपाना, वडा नं ३ को जुकु, वडा नं ४ को वाई र वडा नं ५ मिगु रहेका छन् । जगन्नाथ गाउँपालिका–१ को खारखोला, वडा नं २ को मुलेखोला, तल्लोहुनी र वस्केला, रहेका छन् ।

यी बस्तीमध्ये ५९ उच्च जोखिममा रहेका बस्तीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि पालिकाले गत वर्ष नै जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा प्रास्तावसमेत पेस गरेका थिए । स्थानान्तरण गर्नुपर्ने बस्तीमा बडिमालिका–१ को सल्लेना–२ को मैमातोला विष्टवाडा, बथानलेख, वडा नं ३ को उखाडी–७ को जिल्ली परेका छन् ।

त्यसैगरी बूढीगङ्गा नगरपालिका–४ को निमनी, काप्रा देनसायल, वडा नं २ बजेडी र अम्कोट–५ को बेलकाटिया रहेका छन् । त्रिवेणी नगरपालिका–६ को सिम्ला, सिस्नेकोट, फल्नेतोला–८ को बमनबाडा, वडा नं ९ को पंैमा भाटगाउँ रहेका छन् । त्यसैगरी खप्तड छेडेदह–१ को आरुगडा, वडा नं ३ को धनाल्त, वडा नं ४ को गुइवन, वडा नं ५ को डोगडा, सिम्पाटा–६ को नाइना चँदारबाडा–७ को हातेलेख र गुम्लागाउँ रहेका छन् ।

त्यसैगरी गौमूल गाउँपालिका–१ को दुर्गाली खौला, अन्द्रारी, वडा नं २ को कुहुडा, पौदाली, आगर, ३ को पाते र गर्जे, ५ को नक्राडा र पडीकोट, वडा नं ४ को कौंडाकोट, गदाडा, ६ को गैरीवाडा शान्तिटोल, चदारवाडा, सालीकोट, बाढी रहेका छन् । स्थानान्तरण गर्नुपर्ने बस्तीमध्ये बूढीनन्दा नगरपालिका–१ को मटेला पारतोला, जङ्साल, रावतवाडा र पीपलडाली तथा २ को कोल्टीबजार रहेका छन् । जगन्नाथ गाउँपालिका–२ को लुकाआसवाडा, ५ को पौयापहिरो रहेका छन् । स्वामिकार्तिक गाउँपालिका–१ को रुडी छुदरी, वडा नं २ को पुडेनी घटना, वडा नं ३ को तल्लो जुकु र वडा नं ५ को जेराडाडावाडा रहेका छन् ।

त्यसैगरी हिमाली गाउँपालिका–५ कवाडी क्विडी र वोर्ता तथा वडा नं ६ को वोल्डिक रहेका छन् । स्थानान्तरणका पहिचान भएका बस्तीमा अहिलेसम्म केही पहल नभएपछि बर्खाको समयमा यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको छ । बूढीगङगा नगरपालिका–१ अम्कोटका पहिरो पीडित मनराज पाध्यायले भन्नुभयो, “हिउँदमा कोरोनाबाट कसरी बचौँ भन्ने डर थियो, बर्खा लाग्यो, को दिन पहिरामा पुरिन्छ कि भन्ने डर लागिरहेको छ ।”

उहाँले भन्नुभयो, “बर्खामा गाउँमाथि र तलबाट पहिरो जान सुरु भएपछि अम्कोटको गाउँ पहिराका उच्च जोखिममा रहेको हो । जोखिममा रहेका बस्तीलाई आपत्कालीन समयमा प्रदान गरिने राहतबाहेक अन्य केही गर्न नसकिने बडिमालिका नगरपालिका नगरप्रमुख पदम पडुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षमा राष्ट्रिय योजना आयोगले सहरी विकासमार्फत डिपिआर गरेर बस्ती विकासका लागि रु तीन करोड आए पनि त्यो रकम बस्ती विकासमा नभई अन्य योजनामा सीमित भएपछि बस्ती उठानमा समस्या परेको हो ।

असार २२ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा वर्षातको समयमा आइपर्ने अधिकांश विपद्का घटनाहरुको रोकथाम नियन्त्रण तथा व्यवस्थापनका विषयमा विविध छलफल भए पनि बस्ती व्यवस्थापनका बारेमा कुनै छलफल नभएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com