Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए

  • ५ वर्ष अगाडि

काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यसैगरी फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एयरले अबुधाबीबाट १४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले छ उडानमार्फत बहराइन, नारिता, दममाम, मनिला, क्वालालम्पुर र दुबईबाट नेपाली ल्याउने विमानस्थलको कार्यतालिका छ ।

आज आन्तरिकतर्फ विभिन्न एयरलाइन्सले १० चार्टर्ड उडान गरेका छन् । मनाङ एयरले लुक्लामा एक उडान, सिम्रिक एयरले बुटवलमा दुई उडान, एयर डाइनेष्टीले धादिङमा दुई उडान, कैलशा हेलिकप्टरले तातोपानीमा दुई उडान र प्रभु हेलिकप्टरले पोखरामा दुई चार्टर्ड उडान गरेका छन्

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख (कुन पालिको कति )

नेपाल प्रेस युनियनको पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com