पोखरा, असार ३१ गते । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखराका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको मौखिक उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो ।
महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको जानकारी गराएलगत्तै प्रहरीको टोली सम्बन्धीत ठाउँमा पुगेर अधिकारीलाई नियन्त्रणमा लिएको श्रेष्ठले बताउनुभयो । ‘पोखराकै एक ठाउँबाट ति महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएपछि हामी महिलाले भनेको ठाउँमा आइपुगेका छौं, अहिले अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेका छौं ।’ श्रेष्ठले भन्नुभयो ।