Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

  • ६ वर्ष अगाडि

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ ।आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।

मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो । उहाँले भन्नुभयो, “उहाँहरु त्यहीँ हुँदा दुर्घटना भएकाले पानीको बेगले बगाएको हो ।”

सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उहाँको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घटना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उहाँले बताउनुभयो ।

आयोजनाले सामान्य अवस्थामा के गर्ने भनी बनाएको कार्यविधिकै आधारमा अहिलेसम्म परीक्षण भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । पानी बाहिर जाँदा के गर्ने भन्ने पनि कार्ययोजनामा रहेको उहाँले बताउनुभयो । पानी बाहिर निस्कँदा बस्तीलाई माइकिङ खबर गर्ने उल्लेख छ । घटना एक्कासी भएको र परीक्षणका लागि गएका व्यक्ति नै बगाएकाले खबर गर्न नपाइएको हो । उहाँले भन्नुभयो, “कुनै त्रुटि भएमा के गर्ने भन्ने पनि कार्ययोजनामा छ ।”

आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जोखिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ ।

सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किेपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताउनुभयो । त्यहाँ कति पानी थियो भन्ने निर्माण व्यवसायीले बोर्डलाई जानकारी गराउने उहाँले बताउनुभयो । आगामी दिनमा त्रुटि सच्चाएर र थप सर्तकता अपनाएर मात्रै पानी पठाइने आयोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “घटनास्थलमा पुगेर हेरेपछि मात्रै घटनाको कारण र क्षतिका विषयमा जानकारी हुन्छ ।”

आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।

आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

घाइतेको उपचार र बेपत्ताको खोजी जारी

सो दुर्घटनाका कारण घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सवारी चालक राधाकृष्ण थापामगर र इञ्जिनीयर सतिश गोहितको खोजी भइरहेको छ । आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर गोहित बेपत्ता भएका थिए । उनीहरु अझै फेला नपरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

घाइतेलाई हेलिकप्टरमार्फत मङ्गलबार नै काठमाडाँै ल्याइएको तामाङले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उनीहरुले मेलम्ची खोलाको दुवै साइडबाट खोजी गरिरहेको छ । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नम्बरको हाइलक्स गाडीसमेत बगाएको थियो । पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिट्टिएर मेलम्ची नदीमा पुगेको थियो । मङ्गलबार नै गाडीलाई नदीबाट निकालिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता व्यक्तिको खोलामा खोजी भइरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खानेपानी मुहानभन्दा तल्लो भेगका स्थानीयवासीलाई नआतिएर सर्तक हुन आयोजनाले अनुरोध गरेको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com