Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एक वर्षमा २६ गैंडा मरे

  • ३ वर्ष अगाडि

चितवन ।चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६÷२६ गैंडा मरेका थिए । गत आर्थिक वर्ष बुढो भएर छ, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आक्रमणका कारण एक गैंडा मरेका छन् ।

त्यसै गरेर करेन्ट लागेर दुई, रुखले किचेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेका उप्रेतीले जानकारी दिनुभयो । मरेकामध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन । त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कंकालमात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउनुहुन्छ ।

सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैं छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना

नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

संकल्प यात्रा प्रभावित हुँदैन – एमाले बागलुङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

ताजा समाचार

उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

ट्रेन्डिङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

राउटेका मुखियाबाट ओलीलाई कोही उपहार

बागलुङमा एमालेको संकल्प यात्राको तयारी तीव्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com