Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

  • ५ वर्ष अगाडि

काठमाडौँ । सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।
असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे ।

मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् । पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे । साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आउनुभएका दर्शनार्थी पार्वती राउतले बताउनुभयो । साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उहाँको भनाइ थियो ।
मूल मन्दिरभित्र गएर दर्शनका लागि खुला गर्न सरकारले गर्ने निर्णयमा भर पर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकाल बताउनुहुन्छ । सरकारले मन्दिर क्षेत्र खुला गरे भक्तजनलाई सुरक्षा विधि अपनाएर दर्शन गराउने गरी तयारी भइसकेको उहाँले जानकारी दिनुभयो । राजधानीका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका थिए ।

गोकर्णेश्वरमा बालयन्त्र
गोकर्णेश्वरमा साउनदेखि नै परम्परानुसार बाजासहित पूजा र आरती पुनः शुरु भएको छ । गोकर्णेश्वर महादेवको गुठीका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा रैकर भएपछि यो परम्परा टुटेको थियो । गोकर्णेश्वर नगरपालिकाले रु ७५ लाख अक्षय कोष स्थापना गरी यो परम्परालाई पुनःस्थापना गरेको हो । पशुपतिनाथ र गोकर्णेश्वरमा विगतमा एकै प्रकारले पूजाराधना गर्ने गरिए पनि गुठी मासिएसँगै त्यो परम्परा हराएकाले हाल गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले खोजबिन अघि बढाएको अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्र पूजााराधना हुन्छ । दुवैको एकापसमा सम्बन्ध छ ।

नगरपालिका वडा नं ४ को अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर मन्दिर प्रबन्ध समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुठी रैकर गर्दा पूजा चलाउन छुट्याइएको स्रोत कहाँ छ भनी गुठी संस्थान काठमाडौँ शाखालाई पत्राचार गरिएको छ । जग्गा रैकर गर्दा मोहीले राखेको रकमको ७० प्रतिशत मन्दिरको परम्परा चलाउन दिनुपर्नेमा त्यस्तो हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

साउने सोमबार व्रत शुरु

धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाराधना गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनुहुन्छ ।

परम्परानुसार कुनै कुलविशेषले चान्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन् । नयाँ व्रत पाँच सोमबार परेको वर्षदेखि शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो । शास्त्रीय मान्यतानुसार चार सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने ‘शिवपुराण’लगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिलापुरुष दुवैले यो व्रत गर्न सक्छन् । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । आजदेखि साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापन गर्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउन भक्तजनको भीड लाग्छद्ध । वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाका कारण त्यससमेत प्रभावित हुने भएको छ ।

भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा नगर्ने घोषणा गरिसकेका छन् । धेरै नेपालीले वर्षमा एकपटक साउनमा घरमा वैदिक रुद्राभिषेकसमेत गर्छन् । साउनमा नभ्याउनेले अनुकूलतानुसारको महिनामा गर्ने परम्परासमेत छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com