Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक

  • ३ वर्ष अगाडि

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ ।

हराएको करिब १५० दिनपछि रानाको कङ्काल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । रानाको पत्नी मनरुपा रानाले गत फागुनमा हराएका उनलाई बेपत्ता पारिएको भनी गत असार १६ गते सोही वडावासी ३१ वर्षीय यामबहादुर सम्सेली र ३० वर्षीय सूर्यबहादुर वलीविरुद्ध प्रहरीमा किटानी जाहेरीपश्चात् उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरी अनुसन्धान थालिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा जिप्रका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले गत असार ३१ गते ठाकुरबाबा नगरपालिका–१ बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडे खोलामा रानाको कङ्काल फेला पारेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कङ्काल शिवरामकै हो भनी मृतककी पत्नी मनरुपा राना र बुबाले सनाखत गरेपछि यही साउन २ गते उनीहरु विरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि त्यहीअनुरुप अनुसन्धानको कारवाही अगाडि बढेको छ ।

प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडेखोलाबाट एक थान एक नाले भरुवा बन्दुक, दुई थान मृतक शिवरामको टाउकाको खप्पर मानव कङ्काल, एक थान खुट्टाको हड्डी, दुई थान हातको हड्डी, एक थान कलो सल्याक्स, खैरो कालो रङकोे एक थान झोला फेला पारेको थियो । यसैगरी झौलाभित्र रहेको चार डिब्बा गन पाउडर, पानीले भिजेर डल्लो परेको चार बट्टा सलाई, फलामको हँसिया, खुकुरी र स्टिलको थाली एकएक थान, फलामका स–साना टुक्रा र नेपाली सेनाले प्रयोग गर्ने कलरको एक थान कम्ब्याट जाकेट बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

करिब पाँच महिना हराएका शिवरामको सनाखतपश्चात् कर्तव्य ज्यान मुद्दा लगाइएका दुवै अभियुक्तको वास्तविक अनुसन्धान थालिएको र यथार्थ रिपोर्टका लागि मृतकको कङ्कालको डिएनए परीक्षण गरिने प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki