Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

कैलालीको टीकापुरमा ४५ घरधनीले दिए घरभाडा छुट

  • ३ वर्ष अगाडि

टीकापुर ।कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा छुट गरेका छन् । यसरी घरभाडा छुट गर्ने घरधनीले महिनामा रु तीन हजारदेखि रु ३० हजारसम्म छुट गरेका छन् ।

घरधनी सेतुदेवी रावलले आफूले लकडाउन अवधिको घरभाडा छुट गरिदिएको बताउनुभयो । “बन्द भएको समयमा व्यापारीले कहाँबाट भाडा तिर्लान् भनी छुट गरिदिएकी हुँ”, रावलले भन्नुभयो, “व्यापारबाटै जीवन धानेका व्यवसाय नचलेर हैरान भएका बेला भाडा छुटले राहत मिल्छ ।” घरधनीले व्यापारीलाई एकदेखि तीन महिनासम्म भाडादर आंशिकदेखि पूर्णरुपमा छुट गरेका छन् ।

व्यवसाय सञ्चालनको लागि बंैकिङ कारोवार गरेका व्यवसायी घरभाडा र बैंकको किस्ता तिर्न पर्ने दोहोरो मारमा परेको बेला घरधनीले छुट दिएकाले केही राहत पुगेको व्यवासायी जीवन गौचनले बताउनुभयो । बन्दाबन्दीले व्यापारीको व्यवसाय बन्द मात्र नभई आर्र्थिक भार थपिएकाले व्यापारीले बंैकको ब्याज छुट तथा ऋणको समयावधि बढाउन मागसमेत गर्दै आएका छन् ।

व्यवसायीको प्रतिष्ठासँग व्यापार जोडिएको र आर्थिक समृद्धिको पाटो व्यापार व्यवसाय भएकाले टीकापुर उद्योग वाणिज्य सङ्घले व्यापारीलाई ब्याज मिनाहाको माग गर्दै आएको छ । वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको नाम सार्वजनिक गर्ने, विभिन्न चरणमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने कार्य गरेको टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki