Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु

  • ५ वर्ष अगाडि

जलेश्वर ।महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताउनुभयो ।
अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो । सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताउनुभयो ।
कुटाकुट हुँदा सात घाइते
सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा आज पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएका छन् ।
घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा ४६ जनाको मृत्यु
जिल्लामा सवारी दुर्घटनामा परी गत आवमा ४६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६÷७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो ।
विसं २०७६ साउन १ देखि असार ३१ गतेसम्म महोत्तरीमा कुल १७४ सवारी दुर्घटना भएकामा ९५ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका अनुसार दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर सबैभन्दा बढी छन् । त्यसपछि जीप, कार, टेम्पो, भ्यान, ट्रक, ट्रयाक्टर तथा सबैभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस रहेको छ । दुर्घटनाका कारणमा राजमार्गमा तीव्रगति, चालकको लापर्बाही, छाडा चौपाया, जङ्गली जनावर, चालकद्वारा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकाइ, पैदलयात्रुले जथाभावी बाटो काट्नुलगायत रहेको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com