Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

प्रदेश नं २ः ३ बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

  • ३ वर्ष अगाडि

वीरगञ्ज ।केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया सुकमानी थिङ बेपत्ता भएकी छन् । मङ्गलबार बिहान सो खोलामा पौडी खेल्न भएका थिङलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

यसैगरी महोत्तरीको रातु नदी पार गर्न खोज्दा भङ्गाहा नगरपालिका – ६ सङ्ग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापरलाई बगाएको छ । यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन् ।

यस्तै सर्लाहीमा वाग्मती नदीले बगाउँदा दुई जनाको उद्धार गरिएको छ । वाग्मती नगरपालिका–१२ स्थित उक्त नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । नदीमा दाउरा टिप्न गएका स्थानीयवासी २४ वर्षीय डेटमान गोले र १६ वर्षीय नीरज तितङ खोलाको मध्य भागमा फसेकामा प्रहरीले सकुशल उद्धार गरेको थियो ।

अविरल वर्षा र बाढीका कारण प्रदेश २ का विभिन्न जिल्लाका ६९ परिवारका मानिस विस्थापित भएको प्रदेश कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रले राससलाई बताउनुभयो । अविरल वर्षा र बाढीको कहरबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडाँैको क्षति भएको छ । पसहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका–२१ को भोडहा र सोनरनिया, खम्बा क्षेत्रमा लगाइएको सय बिघाभन्दा बढी धानबाली नष्ट गरेको छ ।

यसैगरी अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ । बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको एकअर्को गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ । हिलाम्य सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ ।

पर्साको सिङ्गाही नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki