Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पोखरामा गुड्न थाले नगरबस

  • ३ वर्ष अगाडि

पोखरा । पोखरामा आजदेखि नगर बस गुड्न शुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न शुरु गरेका हुन् ।

पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये आज करिब आधा नगरबस सञ्चालनमा आएका छन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर आज करिब आधा बस सञ्चालनमा आएका जानकारी दिनुभयो ।
गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गुरुङको भनाइ छ । बस सञ्चालनको पहिलो दिन भएकाले यात्रुको चाप त्यति देखिएको छैन भने यात्रु सबैले मास्कको प्रयोग गरेका छन् ।

त्यसैगरी १२० दिने बन्दाबन्दी खुलेसँगै पृथ्वीराजमार्गअन्तर्गतका लामा छोटा दूरीका बस पनि अब चल्ने भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अब केही दिनमै लामाछोटा दूरीका सार्वजनिक बस सञ्चालन गरिने जानकारी दिनुभयो । केसीका अनुसार कास्कीमा पृथ्वीराजमार्ग अन्तर्गतका करिब एक हजार ४०० बस सञ्चालनमा छन् ।

पोखरेली ट्याक्सी सेवा प्रालीका अध्यक्ष प्रकाश तिवारीका अनुसार पोखराको सडकमा गत असार २६ गतेदेखि नै ट्याक्सी गुड्न थालेका हुन् । पोखरामा करिब दुई हजार २०० ट्याक्सी रहेकामा अहिले आधारभूत स्वास्थ्य सतर्कतासहित करिब एक हजार ५०० ट्याक्सी पोखराको सडकमा गुडेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com