Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

स्कुटर सिक्नेतर्फ महिलाको बढ्दो आकर्षण

  • मीना घोरसाइने
  • ५ वर्ष अगाडि

काठमाडौँ ।सहजताका लागि आजभोलि निजी सवारी साधन अनिवार्य जस्तै बनिसक्यो । कोभिड– १९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) पछि त यसको महत्व झन बढ्दो छ ।

प्रायः कामकाजमा व्यस्त देखिने महिला बन्दाबन्दीपछि ड्राइभिङ सेन्टरमा बढी व्यस्त देखिन थालेका छन् । विशेष गरी ड्राइभिङ सेन्टरमा स्कुटर सिक्न बढी महिलाको चाप देखिन थालेको हो । वनस्थलीकी ३५ वर्षीया सीता परियारले स्कुटर सिक्न थाल्नुभएको लगभग एक महिना हुन लाग्यो । अन्य समय सिलाइबुनाइमा व्यस्त रहने उहाँ यो समय स्कुटर सिक्ने महत्वपूर्ण समय रहेको बताउनुहुन्छ । “स्कुटर सिक्नु अहिलेको अनिवार्य आवश्यकता जस्तै बनिसक्यो”, उहाँ भन्नुहुन्छ, “काठमाडौँको ट्राफिक जाम र सार्वजनिक सवारी साधनका कारण समय बर्बाद हुन्छ । ।”

आवतजावतको सहजता अहिलेको मुख्य प्राथमिकता रहेको उहाँको दाबी छ । उहाँ जस्तै खरिबोटकी २३ वर्षीया उषा गुरुङले पनि स्कुटर सिक्न थाल्नुभएको २० दिनभयो । बन्दाबन्दी अघि पढाइमा व्यस्त रहने उहाँ परिवारको आग्रह बमोजिम सिक्न शुरु गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सामान्य अवस्थामा सिकाइको मूल्य निकै उच्च थियो, अहिले झण्डै आधा मूल्य घटेको छ ।” सस्तो मूल्यमा सिक्न पाउने भएपछि आफूलाई यो समय प्रभावकारी लागेको उहाँको भनाइ छ ।

“४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो”, उषा भन्नुहुन्छ, “कहिले क्लास सकिएला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ ।” “शुरुमा हात खुट्टा काँप्थ्यो । अहिले त राम्ररी चलाउन सक्छु”, उहाँ भन्नुहुन्छ । रोजगारीमा जाँदा पहिलो प्रश्न ‘स्कुटर चलाउन आउँछ ?’ भन्ने भएपछि पनि रोजगारीकै लागि पनि सिक्नु पर्ने बाध्यता रहेको उहाँ प्रष्ट्याउनुहुन्छ ।

कोहीले आवतजावतमा सहजताकै लागि स्कुटर सिक्ने भए पनि कसैले भने सोखकै रुपमा स्कुटर सिक्ने गरेको पाइन्छ । आफ्ना सबै साथी स्कुटर चलाएर हिँड्दा अफ्ठेरो महसुस हुने हुँदा उनीहरुका अगाडि आफूलाई बराबर देखाउन सिक्न थालेको त्यहाँकी अर्की स्थानीयवासी ममता तामाङ बताउनुहुन्छ । “इज्जत धान्नकै लागि भए पनि स्कुटर अहिले महिलाको अनिवार्य आवश्यकता नै बनिसकेको छ ।”

गृहिणीलाईसमेत स्कुटर सिक्नु आवश्यक रहेको उहाँ बताउनुुहुन्छ । बन्दाबन्दी केही खुकुलो भएर काठमाडौँका ड्राइभिङ सेन्टर खुल्न थालेसँगै स्कुटर सिक्ने महिलाको सङ्ख्यामा पनि दोब्बर वृद्धि हुन थालेको छ । बन्दाबन्दीपछि शूल्कमा आएको गिरावटका कारण सिक्नेको सङ्ख्यामा गिरावट आएको सेन्टरका सञ्चालक बताउँछन् ।

उपत्यकामा हाल सुमन ड्राइभिङ सेन्टर, बुढाथोकी ड्राइभिङ सेन्टर, अधिकारी मोटर ड्राइभिङ सेन्टर, सुजुकी ड्राइभिङ स्कुल, विश्वकार्मा मोटर ड्राइभिङ सेन्टर, दूधकुण्ड ड्राइभिङ सेन्टर, काठमाडौँ, ड्राइभिङ सेन्टर, द हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरलगायत सञ्चालित छन् ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जोखिम मोलेरै भए पनि सिकाउने काम भइरहेको हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरका सञ्चालक राजेन्द्र थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिकाउने काम नै नगरे ग्राउण्डको भाडा कसरी तिर्नु ?” यस्तो समय व्यवसायीकतालाई पनि ध्यानमा राख्नुपर्ने उहाँको तर्क छ । महिलाहरूको आत्मविश्वास देखेर आफू खुसी भएको उहाँ बताउनुहुन्छ । “हिजोआज स्कुटर सिक्ने महिला बढी आउँछन्”, उहाँ भन्नुहुन्छ, “स्कुटर चलाउने पेसाप्रति महिला आकर्षित बन्दै गएका हुन् ।”

उक्त ड्राइभिङ सेन्टरमा पहिले दैनिक एघार जना स्कुटर सिक्न आउने गर्दथे भने हाल २२ जनाभन्दा बढी आउने गरेका छन् । जसमा किशोरीदेखि अधबैंसे महिलासमेत आउने गरेको थापा बताउनुहुन्छ । सिक्न आउनेको सङ्ख्या बढ्दै गएपछि कर्मचारी पनि थपेको उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com