Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा बाढीपहिरोबाट महिलाको बढी मृत्यु

  • ३ वर्ष अगाडि

कास्की ।गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् । प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् ।

त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन् । कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिराका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन् ।

पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पुर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् । बागलुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ ।

कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरामा परी घाइते भएको प्रनाउ रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन् । स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बागलुङमा एक÷एक महिला पुरुष बाढी पहिरामा परी घाइते भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com