Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

ब्राजिलमा कोभिड १९ बाट ९० हजार बढीको मृत्यु

  • २ वर्ष अगाडि

रियो डि जानेरो । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १३४ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सङ्क्रमितको संख्या यहाँ कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।

कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएकमा छन् । यहाँ शुरु शुरुमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो ।

यसै कारणले पनि यहाँ ठूलो संख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ५० हजार भन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् ।एएफपी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अफगानिस्तानमा शीतलहरका कारण १०० जना भन्दा बढीको मृत्यु

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki