कर्णालीमा थप आठ संक्रमितको मृत्यु

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप आठ जना कोरोना संक्रमितको मुत्यु भएको छ।

कर्णालीका विभिन्न पाँच जिल्लामा गरी आठजना कोरोना संक्रमितको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बताएको छ। जसमा तीन महिला र पाँच पुरुष छन्।

निर्देशनालयका निमित्त प्रमुख डा।रविन खड्काका अनुसार जाजरकोट भेरी नगरपालिका ४ की ४५ वर्षीय एक महिलालाई उपचारको क्रममा नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको एन्टिजेन परीक्षणबाट कोरोना रिर्पोट पोजेटिभ आएको थियो। त्यस्तै, मृत्यु हुनेमा दैलेखको भैरबी गाउँपालिका ४ का ४५ वर्षीय पुरुष, सल्यानको शारदा नगरपालिका १ का ६७ वर्षीय पुरुष, सल्यानकै छत्रेश्वरी गाउँपालिका ६ का ६५ वर्षीय महिलाको मृत्यु भएको छ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ७२ वर्षका पुरुष, वीरेन्द्रनगर १० का ४२ वर्षका एक पुरुष र ३६ वर्षकी एक महिला र लेकबेसी नगरपालिका ५ का ३८ वर्षिय महिला गरी आठ जनाको मृत्यु भएको डा।खड्काले बताए।

हालसम्म कर्णालीका विभिन्न जिल्लामा गरी कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७३ पुगेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार