यस्तो छ शेयर कारोबारमा दिनहुँ कीर्तिमान बन्नुको कारण

काठमाडौं, जेठ ४ गते । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भए पनि अर्थतन्त्रको सूचक मानिने सेयर बजारले भने दिनहुँ रेकर्ड बनाउन थालेको छ ।

एक महिनापछि आइतबार रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सोमबार फेरि नयाँ उचाइमा पुगेको छ । आइतबार ५४.२१ अंकले बढेर २७३८.२९ अंक कायम भएकोमा नेप्से सोमबार २०.७१ अंकले बढेर २७५९.२१ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

सोमबार कारोबार सुरु हुनेबित्तिकै नेप्से २७७० अंकमा पुगेपनि पुनः घटेर २७४८ अंकमा झरेको थियो । बजार बन्द हुदासम्म पुनः बढेर २७५९ अंकमा पुगेको हो ।

सोमबार बजार बढेर नयाँ रेकर्ड कामय गरेपनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबार १० अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कोरोना महामारीले अर्थतन्त्रको सूचक खराव भएपनि सेयर बजार भने उकालो लाग्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ । तर, लगानीकर्ताहरु भने सेयर बजारमा भएको नीतिगत सुधार र बैंकको व्याजदरलाई बजार बढ्नुको मुख्य कारण रहेको औल्याउँछन् । कारोबारमा खबर छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार