Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बढ्दै कञ्चनपुरमा सवारी दुर्घटना

  • ५ वर्ष अगाडि

कञ्चनपुर, भदौ ५ गते । कञ्चनपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या घटेको छ । मृत्यु हुनेको संख्या घटे पनि सवारी दुर्घटना र गम्भीर घाइत हुनेको संख्या भने ह्वात्तै बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मृत्यु हुनेको संख्या घटेको हो ।

तीन वर्षमध्ये पछिल्ला दुई वर्षमा दुर्घटनामा मृत्यु हुनेको संख्या बराबर छ । गत आर्थिक वर्ष २०७७र०७८ मा सवारी दुर्घटनामा परी ३३ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष ३२ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५र०७६ मा ४५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७५र०७६ देखि गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान १२ जना कमले ज्यान गुमाएका छन् ।

यस अवधिमा सवारी दुर्घटना र गम्भीर घाइते हुनेको संख्या हवात्तै बढेको छ । गम्भीर घाइते हुनेको संख्या पछिल्ला तीन वर्षमा बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गम्भीर घाइते हुनेको संख्या चार गुणा बढेको छ । गत वर्ष ८७ र अघिल्लो वर्ष २२ जना गम्भीर घाइते थिए । २०७५र०७६ मा ८ जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनाबाट आव ०७५र०७६ मा १४, ०७६र०७७ मा ११ र ०७७र०७८ मा ६० जना समान्य घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढेका छन् । गत वर्ष ९७ सवारी दुर्घटना भएका छन् । त्यस अघि अघिल्लो वर्ष दुर्घटनाको संख्या ५४ थियो । तीन वर्ष अघि यो संख्या ६८ थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले सवारी चालकको समान्य कमजोरीले पनि सवारी दुर्घटना हुने गरेको बताए ।

‘सवारी चालक, सवारी साधन, ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था लगायतका धेरै कारणले दुर्घटना हुन्छ’ उनले भने, ‘यसमा पनि चालकले सवारीको लुकिङ्ग ग्लास समेत नहेर्दा पनि दुर्घटना भएका छन् । यस्ता समान्य कमजोरी पनि अहिले दुर्घटनाका कारण बनेका छन् ।’ भट्टले चालकलाई सवारी रुट प्रयोग सम्बन्धी जानकारी नहुँनु पनि दुर्घटनाको कारण देखिएको बताए ।

प्रहरीकाअनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । त्यसमा सबैभन्दा बढी मानिसको ज्यान गएको हो । मोटरसाइलक चढ्नेको संख्या बर्सेनी बढ्दो क्रममा छ । सवारी दुर्घटनामा अटो र इ–रिक्सा पनि थपिएका छन् । बढ्दो सवारी साधनसँगै संचालनमा आएका अटो र इ–रिक्साल पनि दुर्घटना गराएका छन् । ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियम पालना, सवारी जाँच, सडकमा सुरक्षा उपकरण राख्ने र सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको छ । न्युज कारखाना

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com