Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाँकेमा पाटेबाघको आक्रमणबाट एकजनाको मृत्यु

  • ५ वर्ष अगाडि

नेपालगञ्ज २८ भदौ । बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु गएको छ । राप्तीसोनारी गाउँपालिका- १ गाभरमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने करिब ४५ वर्षका व्यक्तिलाई पाटेबाघले खाएको अवस्थामा शव भेटिएको बाँके प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले बाघको आक्रमणमा परेका ती व्यक्ति आइतबार बेलुकीदेखि हराइरहेका थिए । तर, खाेजी गर्नेक्रममा उनको सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको डिएसपी खनालले जानकारी दिए ।

केही समयदेखि सो होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती व्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।

होटलमा काम सकेपछि बेलुकीपख गर्मी छल्नको लागि उनी सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्ने र अबेर फर्किने गरेका उनी रातीदेखि नै फर्केका थिएनन् । मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिब पाँच सय मिटर उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताए ।

डिएसपी खनालले भने, ‘बाघले मृतकको आधा शरीर खाइसकेको छ । अहिले पनि बाघ शवसँगै छ । बाघको जोडी नै रहेको पाइएको छ ।’ घटनास्थलमा प्रहरी, निकुञ्जको टोली परिचालित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com