Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार

  • ५ वर्ष अगाडि

दिलमाया शाही/ जुम्ला, १ असोज । जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएको सडकले घरलाई जोखिममा पारेको हो । यो त एउटा उदाहरण मात्रै हो । जुम्लाका विभिन्न ठाउँमा वर्षा सुरू भएसँगै वाढीपहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ ।

गाउँ–गाउँमा प्राविधिक बिनै खनिएका सडकले यतिबेला सर्वसाधारणलाई सास्ती दिइरहेको छ । जताभावी डोजर र स्काभेटरबाट सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिकाका अमृत कृष्ण आचार्यले बताए ।

‘जमिन नै हलचल गराउने गरी बिना अध्ययन र योजनामा डोजरबाट बाटो निर्माण गरिएको छ’, उनले भने, ‘यसरी खनिएका बाटोले बस्तीलाई जोखिममा पारेको छ ।’

जुम्ला केही मन्त्री र नेता, कार्यकर्ताको स्याउ बगैँचामा सडक पुर्‍याउने होडबाजीले सडक निर्माण गरिरएको छ । जसको परिणाम भिरालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखिएको हो ।

रानारावत गाउँको जमिन भासिँदा ठिन्केजल विद्युुत आयोजनाको कुलो भत्काउँदा चन्दननाथ नगरपालिएकाको १ देखि ५ वडासम्मको विद्युत सेवा एक महिनादेखि अवरुद्ध भएको ठिन्केजल विद्युत आयोजनाका अध्यक्ष बिष्णुबहादृर बुढ्थापाले बताए ।

भौतिक पूर्वाधार विकासका कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावत भन्छन्, ‘ठूलाबढाको स्याउ बगैँचामा सडक पु¥याउने योजना माथिबाटै आएको हो । हाम्रो प्राविधिक सहयोग थियो । वर्षा रोकिने बित्तिकै नियमित रूपमा सडक विस्तारको काम हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com