बिशाल बस्नेत / महोत्तरी, १ असोज । महोत्तरीको बर्दिबासमा तौलपुर स्टेसन स्थापना गरिएको छ । बिपीराजमार्ग तथा महेन्द्र राजमार्गमा चल्ने सवारी साधनको अधिकतम भारबहन क्षमतालाई नियमगमन गर्ने उद्देश्यले बागमती प्रदेश-२ को महोत्तरीमा पहिलोपल्ट तौलपुर स्टेसन स्थपना गरिएको हो ।
विशेषगरी बिपीराजमार्ग बर्दिबास हुँदै बाहिरिने सवारी साधनको उच्च भारबहनले जोखिममा रहेको गुनासो बढीरहेको बेला यातायात ब्यवस्था कार्यालयले तौलपुर स्टेसन स्थापना गरेको हो ।
तौलपुर स्टेसनको स्थपनाले दुर्घटनाका जोखिम कम हुनुको साथै सडक जीर्ण हुनबाट जोगिने हुँदा लामो समयदेखि खडकिरहेको अभावलाई पूर्ति गरिएको कार्यालयले जनाएको छ ।
तौलपुर स्टेसनको सुरुवातसँगै अबदेखी कुनै पनि मालबाहक ट्रकले निर्धारण गरेको भन्दा बढी भार बोक्न पाउने छैनन् । यदि बोकेको प्रमाणित भएमा छुट्याउन मिल्ने सामानलाई उतार्ने र छुट्याउन नमिल्ने भए गन्तव्य स्थानसम्मको भाडाबापतको जरिवाना हुने यातायात ब्यवस्थापन कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले जानकारी दिए ।
प्रदेश सरकारले राजस्वमा वृद्धि गर्ने उद्देश्यले तौलपुर स्टेसनको स्थपना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव दीपककुमार दासले बताए ।
तौलपुरमा यातायात ब्यवस्था कार्यालय र ट्राफिक कार्यालयबाट छुट्टाछुट्टै कर्मचारीको ब्यवस्था गरिएको छ । यातायात ब्यवस्था कार्यालयको नियम अनुसार अधिकतम २ हजार जरिवाना गर्न पाउने भएता पनि यातायात समबन्धि ऐन २०४९, २०५४ बम्मोजिम भार क्षमताभन्दा बढीको भाडाबापतको जरिवाना हुने हुँदा यति नै जरिवाना भन्ने निर्धारण गरिएको छैन ।