Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

महोत्तरीमा सवारी तौलपुर स्टेसन स्थापना

  • ५ वर्ष अगाडि

बिशाल बस्नेत / महोत्तरी, १ असोज । महोत्तरीको बर्दिबासमा तौलपुर स्टेसन स्थापना गरिएको छ । बिपीराजमार्ग तथा महेन्द्र राजमार्गमा चल्ने सवारी साधनको अधिकतम भारबहन क्षमतालाई नियमगमन गर्ने उद्देश्यले बागमती प्रदेश-२ को महोत्तरीमा पहिलोपल्ट तौलपुर स्टेसन स्थपना गरिएको हो ।

विशेषगरी बिपीराजमार्ग बर्दिबास हुँदै बाहिरिने सवारी साधनको उच्च भारबहनले जोखिममा रहेको गुनासो बढीरहेको बेला यातायात ब्यवस्था कार्यालयले तौलपुर स्टेसन स्थापना गरेको हो ।

तौलपुर स्टेसनको स्थपनाले दुर्घटनाका जोखिम कम हुनुको साथै सडक जीर्ण हुनबाट जोगिने हुँदा लामो समयदेखि खडकिरहेको अभावलाई पूर्ति गरिएको कार्यालयले जनाएको छ ।

तौलपुर स्टेसनको सुरुवातसँगै अबदेखी कुनै पनि मालबाहक ट्रकले निर्धारण गरेको भन्दा बढी भार बोक्न पाउने छैनन् । यदि बोकेको प्रमाणित भएमा छुट्याउन मिल्ने सामानलाई उतार्ने र छुट्याउन नमिल्ने भए गन्तव्य स्थानसम्मको भाडाबापतको जरिवाना हुने यातायात ब्यवस्थापन कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले जानकारी दिए ।

प्रदेश सरकारले राजस्वमा वृद्धि गर्ने उद्देश्यले तौलपुर स्टेसनको स्थपना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव दीपककुमार दासले बताए ।

तौलपुरमा यातायात ब्यवस्था कार्यालय र ट्राफिक कार्यालयबाट छुट्टाछुट्टै कर्मचारीको ब्यवस्था गरिएको छ । यातायात ब्यवस्था कार्यालयको नियम अनुसार अधिकतम २ हजार जरिवाना गर्न पाउने भएता पनि यातायात समबन्धि ऐन २०४९, २०५४ बम्मोजिम भार क्षमताभन्दा बढीको भाडाबापतको जरिवाना हुने हुँदा यति नै जरिवाना भन्ने निर्धारण गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com