Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कर्णालीका युवाको कहर : दसैंको मुखमा काम खोज्दै कालापहाड

  • ५ वर्ष अगाडि

जितेन्द्र थापा/दैलेख, २४ असोज । खेतमा धानका बाला लहलह झुलेका छन् । चाडबाड सुरु भएसँगै यी बाली अझै शुन्दर देखिएका छन् । विदेशबाट फर्किने दाजुभाइको चहलपहलले गाउँमा रौनक थपिएको छ । गाउँका चियापसल र चोकमा तातो चिया मात्रै होइन तात्तातो राजनीतिक बहस सुरु भएको छ ।

तर कर्णालीका धेरैजसो गाउँमा अलि भिन्न दृश्य देखिन्छ । यहाँ चाडपर्व मनाउन घर आउनेहरू मात्र छैनन्, यसैबेला गाउँघर छोड्नेहरूको लस्कर पनि लामै छ । स्वदेश फर्किनेको लर्को जत्तिकै लामो लर्को छ रोजगारीका लागि परदेश पस्नेको । दसैंको मुखमा बसपार्क र नेपाल–भारत सीमा नाकाहरूमा आउने–जानेको उस्तै भिड छ । गाउँ फर्कने र छोड्ने दुवैथरीका आफ्नै खुसी र बाध्यता छन् ।

चाडबाडका बेला गाउँ आउनेमा उमंग छ, ठिक विपरित घर छोड्नेहरूको शीरमा बाध्यताको बोझ छ । कर्णालीका सबैजसो जिल्लामा बेरोजगारी समस्या अधिक छ । देशभित्रकै ठूला सहर र भारतसहित तेस्रो मुलुक नगइ धेरै नागरिकलाई जीवन धान्न मुस्किल छ । त्यसैले मुख्य चाडमा पनि कर्णालीबासी परिवार छोडेर काम खोज्न भारत गइरहेका छन् ।

कोरोना महामारीका कारण पुरै समय काम गर्न नपाएर भारतबाट फर्किएकाहरू चाड भित्रिसक्दा पनि फेरि बाहिरिन थालेका छन् । अहिले भारत हिँडेकाहरू भन्छन, ‘मन त थियो घरआँगनमै रमाएर चाड मनाउने । के गर्नु, गरिबीले यसैबेला कालापहाड लखेट्यो ।’ कर्णालीमा ज्याला मजदुरी गर्न भारत जानुलाई कालापहाड भनिन्छ ।

दैलेख आठबिस नगरपालिका–३ का रमेश बडुवाल गत शनिवार वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा भेटिए । उनी भारतमा नोकरी गर्न हिँडेका थिए । दसैंको मुखमा घर छोड्नु उनको बाध्यता रहेछ । यसअघि पनि घर खर्च जुटाउन भारत आउजाउ गरिरहने बडुवाल कोराना महामारीले गर्दा दुई वर्षदेखि घरमै थन्किएका रहेछन् । ‘न पकेटमा नगद, न त घरमा खाने गाँस,’ उनले भने, ‘दसैं मनाउने मेसो नभएपछि मन भारी बनाएर घर छोडियो ।’

उनको परिवारले दसैंको मुखमा भारत नजान आग्रह गरेको थियो । बडुवालले भने, ‘परिवारले चाड सकिएपछि जानु भनेका थिए, गोजीमा दुई पैसा नहुँदा मनले घर बस्नै मानेन ।’ उनी भारतको कोटद्वारस्थित एक होटेलमा काम गर्नेगरी जान लागेको बताए । ‘होटेल मालिकले छिटै आउनु भनेर खबर पठाए, मालिकको फोन आएपछि आँगनमा आएका चाड पनि बिर्सिएर जाँदै छु,’ उनले भने, ‘दसैं अर्को साल मनाउँला । कमाइ नगरे परिवारको गर्जो कसरी टार्नु ?’
सीटी बसपार्कमै गाडी पर्खिरहेका थिए दैलेख ठाँटीकाँध गाउँपालिका–२ का सन्तराम विक । उनी निराश देखिन्थे । खुसी हुनु पो कसरी, चाडका बेला घर छोडेर हिँडेका छन् । सन्तराम भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली जाँदै थिए । विगतका वर्षहरूमा पनि उनी ज्याला मजदुरी गर्न त्यहीँ पुग्थे । कोरोना त्रासले फर्किका उनी अहिले फेरि भारत जान लागेका हुन् । घरमा उनको सात जनाको परिवार छ । सन्तरामकै कमाइको भरले खर्च चलाउनुपर्छ । थोरै पाखोबारी छ, त्यसको उब्जनीले तीन महिना खान पुग्दैन । ‘आफूले कमाएर नपठाए घरमा चुल्हो बल्दैन,’ उनी भन्छन्, ‘परदेशिनु मेरो बाध्यता हो ।’ उनले घर परिवारलाई ऋण–सापट गरेर भए पनि दसैैं मनाउन सुझाएर आफू हिँडेको बताए ।

कर्णालीका युवाहरू खासगरी खेतीपातीको काम सकेर भारत जान्थे । अलिअलि कमाइ गरेर दसैं–तिहार जस्ता ठूला पर्वमा फर्किन्थे । कोरोना महामारीका कारण धेरैले पछिल्लो समय भारत पुग्न बित्तिकै काम छोडेर फर्कनु प¥यो । लामो समय गाउँमै बेरोजगार बसे । आर्थिक अभावले अहिले उनीहरू घर फर्कनुपर्ने सिजनमा भारत पस्न थालेका हुन् । प्रहरीका अनुसार कर्णालीको मुख्य नाका बबई भएर भित्रिने र बाहिरिनेको संख्या बराबरी जस्तै छ । भारतबाट दैनिक फर्कने एक सय हाराहारीमा छन् भने उता जानेको संख्या पनि ५० भन्दा बढी छ ।

कर्णालीका हजारौं युवाको जीवनको उर्जाशील समय भारतमा ज्यालामजदुरी गरेर बित्छ । यकिन तथ्यांक नभए पनि कर्णालीका करिब एक लाख मानिस भारतका विभिन्न शहरमा रहेको अनुमान छ । तीमध्ये सबैजसो कामको खोजीमा गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

ताजा समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com