Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गोसाइँकुण्डको गहिराइ नाप्न सुरु

  • ५ वर्ष अगाडि

रसुवा, २४ असोज । रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको गहिराइ नाप्न सुरु भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिन गोसाइँकुण्डको गहिराइ नाप्न सुरु भएको हो ।

पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्डलगायतका कुण्डको गहिराइ नाप्न सुरु गरेको हो ।

यसका लागि अनुसन्धानकर्ता वासुदेव न्यौपानेको नेतृत्वमा आभाष अर्याल, नवीन गुरुङ र विधान भण्डारी बिहीबार सदरमुकाम धुन्चेबाट गोसाइँकुण्ड गएका छन् । एक साताभित्रमा गोसाइँकुण्ड तथा वरिपरिका कुण्डहरूको गहिराइ नापिने अनुसन्धानकर्ता वासुदेव न्यौपानेले बताए ।

गोसाइँकुण्ड वरिपरि रहेका कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्त्वपूर्ण भएकाले त्यहाँको अवस्थाबारे अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । तालको सबैतिरको गहिराइ नापिनेसमेत उनले जानकारी दिए । तालको गहिराइका साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नाप्ने भएको छ ।

अनुसन्धानपश्चात अनुसन्धानको प्रतिवदेन तयार पारिने उनले बताए । यसमा थप अनुसन्धान गर्नका लागि अन्य अनुसन्धानकर्तालाई सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटकीय क्रियाकलाप संचालन गर्न, थप अध्ययन, अनुसन्धान गर्न सहज हुने उनले बताए । पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेसन टुरिजमको अवधारणालाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।

गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन् । गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाको दिन ऋषि तर्पणी अर्थात् जनैपूर्णिमामा गरी वर्षको दुई पटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाँबाबा भगवान् शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चिताएका सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौँ हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com