Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

९८ प्रतिशत बालविवाह स्वेच्छाले, परिवारबाटै उक्साइन्छ बिहे गर्न

  • जितेन्द्र थापा
  • ५ वर्ष अगाडि

दैलेख, २९ असोज ।  दैलेख ठाटीकाँध गाउँपालिका–२ कि धना विक अहिले २३ वर्षको भइन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् ।

बालविवाहका कारण  दुईवटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान रोजगारीको सिलसिलामा भारत पुगे । रोजगार खोज्दै भारत पुगेका दम्पती सुखदुःख गरी साँझबिहानको छाक टारिरहेका थिए ।

तर, एक्कासि दुर्घटनामा परी श्रीमान गुमाउनुपर्‍यो । त्यसपछि धनाका दुःखमाथि दुःख थपिए । ‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन्, ‘श्रीमानको मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले गाँसबास नहुँदा दुई छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’

सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरेको वेदना धना सुनाउँछिन ।

‘बिहे गर्ने मन थिएन’, उनले भनिन, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुपर्‍यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइनँ ।’
धनाजस्तै सोही ठाउँकी परु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन् । ‘उबेला कक्षा ६ पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के न, होला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागिआएँ । अहिले समस्यैसमस्या छन् ।’

धना र परु विक एक प्रतिनिधि पात्रमात्र हुन् । कर्णालीका सबैजसो जिल्लामा उमेर नपुगी विवाह गर्ने चलन व्याप्त छ । २० वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको संख्या उच्च छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले केही समय पहिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेका छन । परिवारको सहमतिमा मागीभन्दा भागी बिहे गर्नेको संख्या अत्यधिक छ ।
९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्छन्

बालविवाह गर्नेहरूमध्ये ९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्ने गरेको पाइन्छ । तथ्याङ्क हेर्दा बहुसंख्यक बालविवाह बालबालिकाकै चाहनाअनुसार भएका छन् । परिवारको अवरोधकाबीच भागेर विवाह गर्नेको संख्या ठूलो छ ।

बालविवाह उच्च हुनुमा चेतनाको कमि, गरिबी, सामाजिक एवं सांस्कृतिक मान्यता र लैङ्गिक विभेदजस्ता कारणहरू रहेको बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन् । बालविवाह न्युनीकरणमा वर्षौंदेखि सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील भए पनि यसको दर घटेको छैन । न्यूनीकरण हुनुको साटो झन बढिरहेको तथ्याङ्कले देखाउँछ । बालविवाह रोक्न अभियान चलाइरहेकै ठाउँको अवस्था नसुध्रिएको स्वयं अभियानकर्ताहरूले बताएका छन् ।

धेरै बालविवाह हुनेमध्येको जिल्ला सुर्खेत

प्रदेशमै धेरै बालविवाह हुनेमध्येको जिल्ला सुर्खेत पर्छ । यहाँ बालविवाहको अवस्था अहिले पनि भयावह छ । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले सञ्चालन गरेको बाल हेल्प लाइनमा गत आर्थिक वर्ष २९ वटा घटना दर्ता भएका थिए । आवाजमा मात्रै महिनामा चार÷पाँचवटा बालविवाहका घटना आउने गरेको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा गत आर्थिक वर्षमा सात वटा बालविवाहका उजुरी परेका थिए । उमेर नपुगी बिहे गर्न कानुनले समेत प्रतिबन्ध गरेकाले सबैजसो बालविवाहका घटना सार्वजनिक हुँदैनन । प्रहरी र संघ–संस्थासम्म न्यून संख्यामा मात्र उजुरी पर्ने गरेका हुन् ।

दैलेखमा वैशाखयता १७ वटा घटना दर्ता

दैलेखमा गत वैशाखयता १७ वटा बालविवाहका घटना दर्ता भएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । उनका अनुसार सामाजिक सेवा केन्द्र (सोकेक)ले सञ्चालन गरेको टोल फ्रि नम्बर, बाल क्लव, महिला समूह र किशोरीहरूमार्फत बालविवाहका घटना जानकारीमा आउने गरेका छन । ६ महिनाको अवधिमा भएका १७ वटा बालविवाहमध्ये १५ बालिका र दुई जना बालक छन् ।

उनीहरूले आफ्नो उमेर नगुग्दै बिहे गरेका हुन् । सानैमा बिहे गर्नेमा बालकभन्दा बालिकाहरू धेरै रहेको बाल हेल्पलाइन संयोजक श्रेष्ठ बताउँछिन् । उमेर नहुँदै विवाह गर्ने अधिकांश जोडिलाई दुुवैका अभिभावकको रोहबरमा छलफल गरी अभिभावककै जिम्मा लगाउने गरिएको छ ।

कालिकोटमा पनि बालविवाह अत्यधिक छ । त्यहाँस्थित बालअधिकार अनुुगमन अधिकृत प्रभा विकले बालविवाह न्यूनीकरणमा थुप्रै चुनौतीहरू रहेको बताइन् । उनका अनुसार अभिभावकै राजीखुसीमा समेत यहाँ धेरै बालविवाह हुन्छ । अभिभावकलाई बालविवाहको असरको बारेमा थाहा हुुँदाहुँुदै पनि यस्ता घटनामा कमि आउन नसकेको उनी बताउँछिन ।

कर्णालीका अन्य जिल्लामा पनि बालखैमा बिहे गर्ने चलन अधिक छ । सल्यान, जुम्ला, मुगु, जाजरकोट र रूकुम–पश्चिममा बालविवाहका धेरै घटना हुने गरेका हुन् । गएको वर्ष सल्यानमा तीन र जुुम्लामा दुईवटा उजुरी प्रहरीमा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सल्यानमा पाँच, सुुर्खेतमा एक, दैलेखमा एक र रूकुुम–पश्चिममा दुईवटा उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेतमा सात, दैलेखमा ६, सल्यानमा चार र जुुम्लामा दुईवटा बालविवाहसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले कोरोना महामारीपछि बालविवाह झन बढेको बताएका छन् । महामारीले रोजगारी गुमेपछि परिवारहरूमा गरिबी बढेको र त्यसले बालविवाह झन बढाएको उनीहरूको तर्क छ ।

घरपरिवारबाटै बालविवाह गर्न उक्साइन्छ

बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सज्जना सुनार बताउँछिन ।

‘अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन’, उनले भनिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन् । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहे गर्छन् ।’

कम उमेरमा विवाह गर्नु कानुनविपरीत मात्र होइन स्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण मानिन्छ । बालविवाहले सक्षम र स्वाभिमानी बन्नमा समेत बाधा पु¥याउने जानकारहरू बताउँछन । बालविवाह निरूत्साहित गर्न सरकारी निकायले नै रणनीतिक योजना बनाएर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने अभियान्ताहरूले जनाएका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालविवाह रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयास भएका पनि छन् । तर, कानुनी रूपमै वर्जित भए पनि बालविवाहका घटनामा भने कमि आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com